नेपाली सेनाले भन्यो,- भारतीय समाचार प्रोपोगाण्डा मात्र

काठमाडौं । नेपाली सेनाले भारतीय समाचार माध्यममा नेपाली सेनासँग जोडिएर आएका विषय प्रोपोगाण्डा मात्र भएको प्रष्ट गरेको छ । नेपाली सेनाको मुख्यालय जंगीअड्डाले विज्ञप्ति निकाली दुई भारतीय सञ्चारमाध्यममा प्रकाशित समाचार प्रोपगाण्डा मात्र भएको जनाएको हो ।

हिन्दुस्तान टाइम्स र टीएफआई पोष्ट डटकमले भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरभानेको टिप्पणीमाथि खण्डन गर्न प्रधानमन्त्री केपी ओलीले निर्देशन दिए पनि नेपालका प्रधानसेनापति पूर्णचन्द्र थापाले अस्वीकार गरेको दाबी गर्दै समाचार प्रकाशित गरेको थियो ।

तर नेपाली सेनाले उक्त दाबी प्रोपोगाण्डा मात्र भएको विज्ञप्तिमार्फत् प्रष्ट गरेको हो । सैनिक सूचना तथा जनसम्पर्क निर्देशनालयबाट जारी विज्ञप्तिमा भनिएको छ, ‘उक्त भ्रामक समाचार दुई मित्रराष्ट्र तथा विशिष्ट ऐतिहासिक सम्बन्ध भएका दुई सेनाबीचको सम्बन्ध र विश्वासमा नकारात्मक असर पुर्याउने उद्देश्यबाट प्रेरित देखिन्छ ।’

जंगी अड्डाले राष्ट्रिय एकता थप बलियो बनाउनुपर्ने परिस्थितिमा नेपालमा विभाजन ल्याउने तथा सेनालाई अनावश्यक विवादमा तान्ने कुत्सित मनसायले अफवाह फैलाइएको आरोप पनि लगाएको छ ।

भारतीय सेनाध्यक्ष नरभानेको टिप्पणीबारे रक्षामन्त्री ईश्वर पोखरेलले नै धारणा सार्वजनिक गरिसकेको भन्दै सेनाले, ‘नेपाली सेना नेपालको संविधान अनुरुप नेपाल सरकारबाट प्राप्त वैधानिक निर्णय र निर्देशन पालना गर्न सदैव कटिबद्ध रहेको जानकारी गराउन चाहन्छौं,’ भनेको छ ।

आगामी दिनमा पनि विभिन्न माध्यमबाट नेपाल, नेपाली नगारिक र नेपाली सेनासम्बन्धी अफवाह फैलाउने प्रयास हुनसक्नेमा सेनाले सतर्क गराएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।