कोरोनालाई जितेर गाउँपालिका अध्यक्ष घर फर्किए

तम्घास । गुल्मीको धुर्कोट गाउँपालिका अध्यक्ष भुपाल पोखरेल कोरोनालाई परास्त गरेर आज घर फर्किनुभएको छ । यही जेठ १२ गते कोरोना सङ्क्रमण पुष्टि भएको उहाँमा गरिएको परीक्षण रिपोर्टमा कोरोना सङ्क्रमण नभएको पुष्टि भएको थियो ।

जेठ ८ गते स्वाब सङ्कलन गरी पठाएकामा चार दिनपछि आएको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय गुल्मीका सूचना अधिकारी पशुपति आचार्यले जानकारी दिनुभयो । उच्च आत्मबल राखे कोरोनालाई सहजै जित्न सकिने अध्यक्ष पोखरेलले बताउनुभयो ।

गुल्मीमा पहिलोपटक मदाने गाउँपालिकामा जेठ ५ गते कोरोना सङ्क्रमण भएको पुष्टि भएको थियो । त्यसपछि धुर्कोट गाउँपालिकाका सुरक्षाकर्मी, गाउँपालिकाका सवारी चालक र स्थानीय प्रहरीको आरडिटी गरिएको थियो ।

जसमध्ये एक जना पदाधिकारीको रिपोर्ट पोजेटिभ देखिएको थियो । त्यसपछि अध्यक्ष पोखरेल र उक्त पदाधिकारीको स्वाब सङ्कलन गरी पठाइएकामा स्वयं अध्यक्षलाई कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

गुल्मीमा १५५ जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । गाउँपालिका अध्यक्ष पोखरेलको सम्पर्कमा आएका सबैको स्वाब जेठ १८ गते सङ्कलन गरी पठाइएको थियो । जसमध्ये धुर्कोट गाउँपालिकाका स्वास्थ्यकर्मी, वडाध्यक्षलगायत गरी कूल ८९ जना रहेका थिए भने जिल्लास्थित राजनीतिक दलका प्रतिनिधिलगायत गरी ५६ जना रहेका थिए । गुल्मीमा हालसम्म कूल पाँच जनामा कोरोना सङ्क्रमण पुष्टि भएकामा दुई निको भएका छन् । दुई को तम्घासस्थित आइसोलेशनमा उपचार भइरहेको छ भने एकको मृ,त्यु भएको छ ।रासस



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।