पाल्पामा थप १२ जनामा कोरोना संक्रमण पुष्टि

पाल्पा । बुधबार थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससंगै पाल्पामा कोरोना संक्रमितको संख्या २१ पुगेको छ ।

प्रदेश जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परिक्षणमा कोरोना पोजिटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । संक्रमण भएकाहरु ११ जना पुरुष र १ जना महिला रहेको मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङका क्रममा जानकारी दिए ।

पछिल्लो समय पाल्पामा झण्डै २२ सय नागरिक भारतबाट भित्रिसकेका छन् । जिल्लामा ३ सय ५० भन्दा बढीको नमुना संकलन भएको छ । पाल्पाका संक्रमित सबैको स्वास्थ्य अबस्था सामान्य रहेको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । संक्रमण भएका सबैलाइ तानसेनको आइसोलेसनमा लैजाने तयारी भएको माथागढी गाउँपालिकाले जनाएको छ ।

संक्रमितहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ । संक्रमितहरु बढीरहदा सजग र सतर्कता अपनाउन आवश्यक रहेको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।