प्रदेश-१ लाई ४ महिनाभित्रमा कोरोनामुक्त बनाइने मन्त्री घिमिरेको दाबी

विराटनगर । प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले प्रदेशलाई चाँडै कोभिड–१९ बाट मुक्त बनाइने बताउनुभएको छ । प्रदेश नं १ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का जिल्ला कमिटीका अध्यक्ष र सचिवसँग आज अनलाइन संवादमा उहाँले सरकारले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणमा प्रभावकारीरूपमा काम गरिरहेकाले आगामी चार महिनाभित्रमा कोरोनामुक्त बनाइने दाबी गर्नुभयो ।

कोरोना सङ्क्रमण देखिएका उदयपुरको भुल्के, धनकुटा जिल्ला अस्पताल, दमक नगरपालिकामा नियन्त्रणमा आइसकेको बताउँदै पछिल्लो समय क्वारेन्टिनमा रहेकाहरुमा सङ्क्रमण देखिएकाले आत्तिनुपर्ने अवस्था नभएको मन्त्री घिमिरेले भन्नुभयो । उहाँले भन्नुभुयो, “अहिले ठूलो सङ्ख्यामा देखिएको सङ्क्रमण क्वारेन्टिनभित्रको हो र त्यहाँ सबै भारतबाट आएकाहरु रहेकाले समुदायस्तरमा कोरोना नफैलिएकाले चाँडै नियन्त्रणमा आउने छ ।’’

स्थानीयस्तरमा निर्माण गरिएका क्वारेन्टिन अव्यवस्थित हुँदा त्यसभित्र बढी सङ्क्रमण फैलिएको उहाँले बताउनुभयो । अव्यवस्थित क्वारेन्टिनलाई व्यवस्थित गरिँदै लैजाने बताउँदै उहाँले पार्टीका नेता कार्यकर्ताहरुलाई कोरोना नियन्त्रणमा सक्रिय भएर लाग्न आग्रह गर्नुभयो । अनलाइनमा संवादमा नेकपा नेताहरुले समुदायस्तरमा कोरोना नफैलिएको बताउनुभयो ।

नेकपा झापाका अध्यक्ष चिन्तन पाठकले झापामा देखिएको सङ्क्रमण समुदायस्तरमा नभएको बताउँदै जिल्लामा देखिएको ठूलो सङ्ख्यामा कोरोना सङ्क्रमण क्वारेन्टिनमा मात्रै देखिएको बताउनुभयो । खोटाङका अध्यक्ष राम दङ्गालले क्वारेन्टिनमा रहेकाहरुको परीक्षणमा तीव्रता दिन आग्रह गर्नुभयो । सङ्खुवासभाका जिल्ला अध्यक्ष हेमराज घिमिरे र सुनसरीका अध्यक्ष योगेन्द्र मण्डलले क्वारेन्टिनहरु व्यवस्थित गर्न सरकारलाई आग्रह गर्नुभयो । मोरङका सचिव गणेश उप्रेती (सुशील)ले सङ्क्रमण बढी देखिएका स्थानमा पिसीआर परीक्षण बढाउनुपर्नेमा जोड दिनुभयो ।

यस्तै उदयपुरका जिल्ला अध्यक्ष विनोद कटुवाल, ताप्लेजुङका अध्यक्ष विजय वनेम, पाँचथरका अध्यक्ष राजकुमार भण्डारी र भोजपुरका अध्यक्ष प्रेम राईले जिल्ला अस्पतालहरुमा स्वास्थ्य सामग्री अभावको समस्या समाधान गर्नुपर्ने र कोरोनापछि आउने समस्या समाधान गर्ने बजेट र कार्यक्रम ल्याउन आग्रह गर्नुभयो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।