संसद बिघटन असंवैधानिक रहेको भन्दै नेकपा धनकुटा महालक्ष्मी नगर कमिटीलेले गर्यो संसद पुनःस्थापनाको माग
जेबी घले मगर,धनकुटा । अोली सरकारले हठात् गरेको संसद बिघटन असंवैधानिक रहेको भन्दै नेकपा धनकुटा महालक्ष्मी नगर कमिटीलेले संसद पुनःस्थापनाको माग गर्दै बैठक सम्पन्न गरेको छ।
नेकपा केन्द्रीय सदस्य एबं धनकुटा इन्चार्ज हेमराज भन्डारीले बैठकलाई सम्बोधन गर्दै पार्टी द्वन्द्वको मुल जड ” अमेरिकी एमसिसि परियोजना” रहेको भन्दै अोली संबिधान, गणतन्त्र ,संघीयताको अन्त्य मात्रै होइन, कुर्सी जोगाउन राष्ट्र नै बिखन्डन गर्ने बाटोमा उद्दत रहेको बताउनुभयो। उहाले यो निरंकुशता,असंवैधानिक र देश बेच्ने कुकार्यको बिरुद्धमा पार्टीका अाम कार्यकर्ता र सम्पूर्ण नेपाली जनताले प्रतिरोध गर्नुपर्ने बताउनुभयो। उहाँले अोली सच्चिएर अाएमा उहाँको लागि ठाउँ पनि रहने बताउनुभयो।
यसरी नै नेकपा प्रदेश कमिटी सदस्य धर्मराज पौडेलले अोली दलाल र भ्रष्टाचारीहरुको प्रमुख संरक्षक रहेको बताउनुहुदै अोलीले असंवैधानिक कदम अबिलम्ब सच्याउनुपर्ने माग राख्दै यसो नभएमा नेपाली जनताले नै कारबाही गरेर देखाइदिने बताउनुभयो। नेकपा जिल्ला सचिबालय सदस्य दुर्गा लिंखाले अोली संसद पुनर्स्थापना गर्न तयार नभएमा नेकपा सस्थापन पक्ष हुने अाधार पेश गर्दै कानुनी रुपमा झन्डा र चुनाबचिन्ह सुर्य नै हुने अाधार पेश गर्नुभयो।
बैठकलाई नेकपा प्रदेश कमिटी सदस्य एबं पुर्ब शिक्षा राज्यमन्त्री धनमाया बि,क, नेकपा जिल्ला सचिब रिषिराम ढुंगाना, जिल्ला सचिबालय सदस्य सुरेन्द्र पौडेल, जिल्ला समन्वय उपप्रमुख बंगला राई , जिल्ला कमिटी सदस्य जेबी घले मगरले सम्बोधन गर्नुभएको थियो ।
बैठक नेकपा महालक्ष्मी नगर कमिटीका अध्यक्ष प्रेम खड्काको सभापतित्वमा सम्पन्न भएको थियो। बैठकले अोली सरकारको असंवैधानिक कदमको बिरोध गर्दै संसद पुनर्स्थापनाको लागि वडा तहसम्म जनसचेतना अभियान र संघर्षको कार्यक्रम तय गर्ने निर्य गर्दै अाम कार्यकर्ता पंक्ति र सम्पूर्ण नेपाली जनतालाई सहयोगको लागि अाब्हान गरेको छ।


