ला’गुऔ’षध खैरो हे’रोइन सहित धनकुटाका २ जना पक्राउ
धनकुटा । ला गुऔ षध खैरो हे’रोइन सहित धनकुटाका २ जना लाई प्रहरीले प क्राउ गरेको छ ।

प क्राउ पर्नेमा धनकुटा नगरपालिका वडा १ वस्ने वर्ष २७ का पेम्वा शेर्पा र छथरजोरपाटी गाँउपालिका वडा नं २ वस्ने वर्ष २२ का फुर्वा शेर्पा रहेको जिल्ला प्रहरी कार्यलय धनकुटाले जनाएको छ ।
प्रहरीका अनुसार धनकुटाको छथरजोरपाटी गाँउपालिका वडा २ स्थित कोशी लोकमार्गमा आवतजावत गर्ने सवारी साधनहरुको चेकजाँच गर्ने क्रममा सोमवार दिउँसो को ११ प ७७३१ नंं को मोटरसाईकल शंका लागि रोकेर चेकजाँच गर्दा सोही मोटरसाईकलमा सवार उनिहरुलाई पक्राउ गरिएको हो । उनिहरुले अ वैध ला गूऔ षध खैरो हे’रोइन शरीरमा लुकाई छिपाई बोकेको प्रहरीको भनाई छ ।
प क्राउ परेका दुवै जनालाई जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भईरहेको छ ।


