सात दिने सीप मूलक नर्सरी व्यवस्थापन तथा धुप वत्ती बनाउने तालिम सम्पन्न

धनकुटा,माघ ११ । एकल महिलाहरुलाई स्वरोजगारका लागि सीप कार्यक्रम अन्र्तगत धनकुटामा संचालन गरिएको सात दिने सीप मूलक नर्सरी व्यवस्थापन तथा धुप वत्ती बनाउने तालिम आज सम्पन्न भएकाे छ ।

तालिम समापन कार्यक्रममा वाेल्दै तालिम प्रभावकारी र फलयादी भएको तालिमका सहभागी एकल महिलाहरुले वताएका छन । तालिम समापन कार्यक्रमा धनकुटा नगरपालिकाका मेयर चिन्तन तामाङ्गले शिपले मानिसलाई स्वरोजगार बनाई आत्मनिर्भर बनाउने वताउदै धनकुटाका नगरका एकल महिलाहरुलाई स्वरोजगार बनाउन धनकुटा नगरपालिकाकाले सहयोग गर्ने वताउनु भयो ।

मानव अधिकारका लागि महिला एकल महिला समुह धनकुटा जिल्लाका अध्यक्ष मिना कुमारी राईको अध्यक्षतामा सम्पन्न भएको तालिम समापन कार्यक्रममा धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राईले एकल महिलाहरुले उत्पादन गरेको सामाग्रीहरुको वजारीकरण गर्न धनकुटा उद्योग बाणिज्य संघले सहयोग गर्ने र सीप विकासमा समेत एकल महिलाहरुलाई सहभागी गराई आत्मनिर्भर बनाउन सहयोग गर्ने वताउनु भयो ।

मानव अधिकारका लागि महिला एकल महिला समुहका धनकुटा उपाध्यक्ष इश्वरी श्रेष्ठ,तालिमका प्रशिक्षकहरु यज्ञ कुमारी श्रेष्ठ,तुलसा दाहाल लगायतले तालिम ज्यादै उपयोगी प्रभावकारी भएकोले धनकुटाका एकल महिलाहरुको आय आर्जनमा यसले सहयोग पुग्ने वताएका थिए ।एकल महिला स्वरोजगारका लागि सीप विकास कार्यक्रम अन्र्तगत धनकुटामा संचालन गरिएको नर्सरी व्यवस्थापन तथा धुप र बत्ती बनाउने तालिममा धनकुटा नगरपालिकाका विभिन्न वडाहरुका जम्मा २५ जना एकल महिला र एकल महिलाका परिवारहरुले भाग लिएको संस्थाकी अध्यक्ष मिना कुमारी राईले वताउनु भयो ।

तालिमबाट सिकेर उत्पादन गरेका सम्पूर्ण समाग्रीहरु मानव अधिकारका लागि महिला एकल महिला समुह धनकुटाले खरिद गरी विक्रि गरीदिने उहाँकाे भनाई छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖