मेलमिलाप प्रदायक निकायहरु र संस्था वीच अनुभव आदान प्रदान कार्यक्रम

धनकुटा । मेलमिलाप प्रदायक निकायहरु र संस्था वीच अनुभव आदान प्रदान कार्यक्रम आज धनकुटामा सम्पन भएको छ । सामुदायिक मेलमिलाप कर्ता समाज नेपाल जिल्ला शाखा धनकुटाको आयोजनामा तथा धनकुटा नगरपालिकाको सहकार्यमा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा सातै स्थानिय तहका प्रमुख तथा उपप्रमुखहरु संग मेलमिलाप लाई कसरी प्रभावकारी बनाउने साथै सवै वडाहरुमा कसरी यस केन्द्रलाई स्थापना गर्ने भन्ने विषयमा छलफल भएको संस्थाले जनाएको छ । सामुदायिक मेलमिलाप कर्ता समाज नेपाल जिल्ला शाखा धनकुटाका अध्यक्ष निलबहादुर थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सातै स्थानिय तहका प्रमुख तथा उपप्रमुखहरुले स्थानिय तहमा न्याय निरुपण गदै त्यहाँ भएका कठिनाईहरुको विषयमा आ – आफ्नो धारणा राखेका थिए ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख टंक चौहान, सातै स्थानिय तहका प्रमुख तथा उपप्रमुखहरु, सातै स्थानिय तहका मेलमिलाप सामाजका अध्यक्षहरु, संस्थाका प्रदाधिकारीहरु लगायतको उपस्थिती रहेको थियो । कार्यक्रमको सञ्चालन संस्थाका सचिव प्रर्शुराम मल्ल गर्नु भएको थियो भने स्वागत मन्तव्य संस्थाका उपाध्यक्ष अगम वहादुर थापाले राख्नु भएको थियो ।

यो पनि पढ्नुहोस्…

२५० मेगावाट क्षमताको सौर्य ऊर्जा परियोजनामा समझदारी

काठमाडौँ, १३ माघ (रासस) ः
देशभित्र हालसम्मकै ठूलो सौर्य परियोजना अगाडि बढ्ने भएको छ । लगानी बोर्ड र प्रवद्र्धक कम्पनीबीच आज परियोजनाको विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदन(डिपिआर)तयार पार्ने लक्ष्यका साथ समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

बोर्डका उपसचिव एवं सहप्रवक्ता रमेश अधिकारीका अनुसार ४० मेगावाट क्षमताको ब्याट्री स्टोरेज प्लान्टसहितको २५० मेगावाट क्षमताको ग्रीडमा जोडिने सौर्य परियोजना अगाडि बढ्ने भएको छ । सो आयोजनाको विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदन तयार पार्ने ध्येयका साथ बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट र कम्पनीको तर्फबाट सो कम्पनीका तर्फबाट दक्षिण एशियाका लागि विकास प्रबन्धक वाङ जियाङले हस्ताक्षर गर्नुभयो ।

सिङ्गापुरको राइजन इनर्जीले संयुक्त उपक्रम तयार गरी सो आयोजना अगाडि बढाउन लागेको हो । समझदारीअनुसार बाँकेको कोहलपुर र कपिलवस्तुको बाणगङ्गामा क्रमशः १२५ मेगावाट क्षमताका दरले दुई वटा परियोजना सञ्चालन हुनेछ । सोही परियोजनामा २० मेगावाट दरका थप दुई गरी कूल ४० मेगावाट क्षमताका ब्याट्री स्टोरेजसमेत निर्माण हुनेछ ।

समझदारीअनुसार सर्वेक्षण अनुमति पाएको एक वर्षभित्र अध्ययन पूरा गरी लगानी बोर्डलाई प्रतिवेदन बुझाउनुपर्नेछ । गत असार ५ गते बसेको बोर्डको ४४ औँ बैठकले उक्त कम्पनीलाई सम्भाव्यता अध्ययन प्रतिवेदन तयार गर्न अनुमति दिएको थियो । सो परियोजना नेपालको हालसम्मकै ठूलो सौर्य ऊर्जा परियोजना भएको बोर्डका सहप्रवक्ता अधिकारीले जानकारी दिनुभयो ।
–––

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।