शहिद परिवारका सदस्यहरुलाई राज्यको हरेक निकायमा प्राथमिकताका साथ स्थान दिनु पर्ने : लिला सुव्बा
धनकुटा,माघ १४ । १ नं प्रदेशसभा सदस्य लिला सुव्बाले शहिद परिवारका सदस्यहरुलाई राज्यको हरेक निकायमा प्राथामिक्ताका साथ स्थान दिनु पर्नेमा जोड दिनुभएको छ । शहिद सप्ताहको अवसरमा शहिद सरोकार समाज धनकुटाद्धारा आज धनकुटामा आयोजित शहिद तथा वेपत्ता परिवार सँग सरोकारवाला संस्था वीच भएका अन्तर संवाद कार्यक्रमलाई सम्वोधन गर्दै उहाँले त्यस्तो कुरामा जोड दिनुभएको हो ।
राणा शासन हुँदै निरंकुश पञ्चायती शासन तथा राज संस्थाको अन्त्यका लागि आफ्नो प्राणको आहुती दिने शहिद तथा वेपता परिवारलाई अहिले सम्म राज्यले कुनै पनि निकायमा प्राथामिक्तामा नराखीएको भनि शहिद तथा वेपत्ता परिवारका सदस्यहरुले गुनासो गरेपछि प्रदेशसभा सदस्य सुव्वाले आउदा दिनमा शहिद परिवारको विषयमा प्रदेश सभामा थप कुरा उठाउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । उहाँले शहिद परिवारका सदस्यहरुलाई आगामी निर्वाचनहरुमा समानुपातिक तर्फवाट भएपनि स्थान दिनुपर्ने गरि प्रदेशसभामा कुरा उठाउने प्रतिवद्धता जनाउनुभयो ।
अन्तरसंवादमा वोल्ने शहिद परिवार तथा सरोकारवाला वक्ताहरुले शहिद तथा वेपता परिवारलाई अनिवार्य रुपमा राज्यको हरेक निकायमा पहिलो प्राथमिता दिनु पर्नेमा जोड दिएका थिए । उनीहरुले सरकारले शहिद तथा वेपत्ता परिवार प्रति चासो नदेखाएको वताएका छन् । राज्यले शहिद तथा वेपत्ता परिवारहरुलाई जहिले पनि आश्वसन मात्र दिन गरेको भन्दै अव आउदाँ दिनहरुमा आफ्ना माग पुरा नभए सरकार विरुद्ध जाने चेतावनी समेत उनिहरुले दिएका छन् ।
सरकारले शहिद घोषणा गरे पनि सामान्य राहत बाहेक अन्य व्यवस्था राज्यले नगरेको र वेपत्ता परिवार घाईते अशक्त अपाङ्गतालाई चासो नदिएको वताएका छन् । उनिहरुले वर्तमान संविधानमा आवश्यकता अनुसार संसोधन गर्न सकिने प्रावधान रहेकाले संसोधन गरी शिक्षा दिक्षा ज्ञान सिपमा अधभवृद्धि गर्दैै शहिद तथा वेपता परिवारलाई योग्यता र क्षमताका आधारमा राज्यको हरेक निकायमा समावेशीताको अनिवार्य सिद्धान्त लागु गर्नु पर्ने समेत उनीहरुले सरकार समक्ष माग गरेका छन् ।
यस्तै शहिद सरोकार समाज लगायत जति पनि शहिद सरोकार संस्थाहरुले कार्यक्रम गर्दा राजनैतिक दलका व्यक्क्तिहरु उपस्थित नहुने गरेको साथै कार्यक्रमहरुमा राजनैतिक दलका व्यक्क्तिहरुले यस्ता कार्यक्रममा चासो नदेखाउने गरेको समेत उनीहरुले गुनासो गरेका छन् । उनीहरुले अव राज्यले शहिदलाई हेर्ने दृष्टिकोण नै फराकिलो हुनु पर्ने बताएका थिए ।
शहिद सरोकार समाज जिल्ला कार्य समिति धनकुटाका अध्यक्ष तिलक प्रसाद राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शहिद स्मृति सरोकार अध्यायन केन्द्रका अध्यक्ष डिल्लीराम राई , धनकुटा शहिद स्मृति प्रतिष्ठानका अध्यक्ष तथा नेपाल पत्रकार महासंघका अध्यक्ष राजेश्वर बहादुर श्रेष्ठ, शहिद परिवार संरक्षण समिति छिन्ताङका सचिव भलकमान राई, शहिद भीम नारायण श्रेष्ठ स्मृती प्रतिष्ठान धनकुटाका अध्यक्ष पुरेन्द्रलाल श्रेष्ठ, लगायतले मन्तव्य राखेका थिए ।


