नयाँ वर्षमा प्रविधिमैत्री जाउँ है पोखरा अभियान

गण्डकी, पश्चिमाञ्चल होटल सङ्घ पोखराले नयाँ वर्षका अवसरमा प्रविधिलाई विशेष प्राथमिकतामा दिँदै जाउँ है पोखरा अभियान सञ्चालन गर्ने भएको छ ।

कोभिड– १९ को सङ्क्रमणका कारण यसपटक भौतिक महोत्सव आयोजना नगरी प्रविधिमा आधारित क्यूआर कोडलाई प्रोत्साहन गर्दै जाउँ है पोखरा अभियान सञ्चालन गरिएको सङ्घका अध्यक्ष विकल तुलाचनले जानकारी दिनुभयो ।

सङ्घले नयाँ वर्ष २०७८ को अवसरमा पोखरा र यस क्षेत्रमा आन्तरिक पर्यटनको आगमन वृद्धि गर्न इ–सेवा र फोन पे प्रालिसँग सहकार्य गरी यो नयाँ वर्षमा ‘जाउँ है पोखरा’ भन्ने दुई दिवसीय डजिटलमैत्री अभियान सञ्चालन गरेको उहाँले जानकारी दिनुभयो ।

यो अभियान ५५ वटा बैंक तथा वित्तीय संस्थामा आबद्ध एक करोड ६० लाख ग्राहकसम्म पुग्ने विश्वास लिइएको छ । नेपाल राष्ट्र बैंकको प्रविधिमैत्री र खासगरी क्यासलेस भुक्तानी अभियानलाई प्रोत्साहन गर्न सङ्घले नयाँ वर्षको अवसरमा २०७७ चैत ३१ गते र नयाँ वर्ष वैशाख १ गते सदस्य होटल प्रतिष्ठानमा बस्ने पाहुनाले क्यूआर कोडमार्फत भुुक्तानी गर्दा होटल प्रतिष्ठानको प्रकाशित दररेटमा ४० प्रतिशत छुट र क्यूआरमार्फत भुक्तानी गर्दा विभिन्न बैंकले पाहुनालाई अतिरिक्त क्यास ब्याक दिने उहाँले बताउनुभयो ।

नयाँ वर्षको अवसरमा पोखरास्थित होटल प्रतिष्ठानले छुट्टाछुट्टै तवरबाट विभिन्न छुट तथा सहुलियतका आकर्षक प्याकेज सार्वजनिक गरेको र ती बाटसमेत लाभ लिन पश्चिमाञ्चल होटेल सङ्घले सम्बन्धित सबैमा आग्रह गरेको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।