पे’ट्रोल छ’र्की आ’गो लगाएर फ’रार भएका साह पाँचै दिनमा पक्राउ
सर्लाही, २७ वैशाख । सर्लाहीको ईश्वरपुर नगरपालिका–१२ घारीबथानमा भएको ह त्याको आ रोपित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । एक साताअघि छिमेकीलाई पे ट्रोल छ र्की आ गो लगाएर ह त्या गरेको आ रोपमा सोही वडाका अन्दाजी ३५ वर्षीय शिवजी साहलाई प्रहरीले नेपाल–भारत सीमा क्षेत्रबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बेशरगञ्ज, वयलबासका प्रहरी निरीक्षक जनकराज ढुङ्गानाले जानकारी दिनुभयो ।
घारीबथानका ५८ वर्षीय शियाशरण रायलाई पे ट्रोल छ र्की आ गो लगाएर ह त्या गरेको आ रोपमा साहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक सन्तोष सिंह राठौरले जानकारी दिनुभयो । उहाँका अनुसार यही वैशाख २० गते घरअगाडिको आँपको बगैँचामा बसिरहेका रायको शरीरमा पे ट्रोल छ र्की आ गो लगाएर फरार भएको साहमाथि आ रोप छ । शरीरको अधिकांश भाग ज लेर ग म्भीर घा इते भएका रायलाई तत्कालै उपचारका लागि धनुषाको लालगढ मोडल अस्पताल लगिएको थियो । त्यहाँबाट थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौँको कीर्तिपुर अस्पताल लगेर उपचार गराउने क्रममा रायको वैशाख २१ गते मृ त्यु भएको थियो ।
घटनापछि फरार भएका साहलाई मलङ्गवा नगरपालिका–५ भाडसरस्थित नेपाल–भारत सीमावर्ती क्षेत्रबाट पक्राउ गरिएको प्रहरी उपरीक्षक राठौरले बताउनुभयो । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । साह वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा बसेर फर्किएका थिए । उनी फर्किएको २४ घण्टा नबित्दै उक्त घटना घटेको स्थानियवासीले बताएका छन् ।(रासस)


