कोरोनाबाट दुई छोरा र आमाको मृ,त्यु

उदयपुर, कोरोना सङ्क्रमणका कारण रौतामाई गाउँपालिका–७ मुर्कुचीमा एक हप्ताभित्र एउटै परिवारका दुई छोरा र आमाको मृ,त्यु भएको छ ।

स्वास्थ्य कार्यालयका अनुसार यही जेठ १५ गते ४५ वर्षीय साइला छोराको उपचारका क्रममा विराटनगरस्थित नोबेल अस्पतालमा मृ,त्यु भएको थियो भने १७ गते सोही परिवारका ५० वर्षीय जेठा छोराको मृ,त्यु भएको थियो ।

आज बिहान होमआइसोलेशनमा नै उपचार गराउँदै गरेकी ६५ वर्षीया आमाको पनि मृ,त्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

कान्छा छोरा भने कोरोना उपचारपछि तीन दिनअघि बाँचेर घर फर्कन सफल भएको स्वास्थ्य कार्यालयका प्रमुख मोहन सुवेदीले बताउनुभयो ।

यसरी एउटै घरका दुई छोरा र आमाको कोरोनाका कारण मृ,त्यु भएको जिल्लाकै पहिलो घटना भएको प्रमुख सुवेदीले बताउनुभयो । जिल्लामा कोरोनाबाट मृ,त्यु हुनेको सङ्ख्या आज बिहानसम्ममा ३७ पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।