८० वर्षमा नागरिकता

किमाथाङ्का, १ असोज । सङ्खुवासभाको मकालु गाउँपालिका–२ की एक वृद्धाले ८० वर्षमा नेपाली नागरिकता पाउनुभएको छ । राम्रोसँग आँखा नदेख्ने कान्छीमा शेर्पाले मकालु–२ को कार्यालयबाट सबै काजगपत्र लिएर सदरमुकाम खाँदबारीस्थित जिल्ला प्रशासन कार्यालय आएको सातौँ दिनमा नेपाली नागरिकता प्राप्त गर्नुभयो ।

असी वर्षीया वृद्धा कान्छीमाले जिल्ला प्रशासन कार्यालयबाट नेपाली नागरिकताको प्रमाणपत्र लिनुभएको प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले जानकारी दिनुभयो । नेपाली नागरिकले नैसर्गिक अधिकारका रूपमा पाउने नागरिकताको प्रमाणपत्र नहुँदा अनेक दुःखकष्ट झेलेकी कान्छीमाले लामो सङ्घर्षपछि नागरिकता प्राप्त गर्नुभयो । नागरिकता पाएपछि राज्यका तर्फबाट बुढेसकालमा पाउने सामाजिक सुरक्षा भत्तालगायत सेवासुविधाबाट बञ्चित हुनुपर्ने वाध्यता हटेको छ ।

नेपाली भाषा राम्रोसँग बोल्न नसक्ने, श्रीमान् र छोरीे गुमाउनुभएकी कान्छीमालाई सरकारी सेवासुविधाका बारेमा केही थाहा छैन । दुर्गम टासी गाउँमा भिर, पहारा चहारेर दिनचार्य बिताइरनुभएकी उहाँलाई गाउँका युवाहरुले बुढेसकालमा सामाजिक सुरक्षा भत्तामात्रै पाए पनि सहज हुने थियो भनेर आवश्यक पहल गरेका थिए ।

विसं १९९८ मङ्सिर १० गते जन्मिनुभएकी कान्छीमाले सोही गाउँमा तप्के शेर्पासँग विसं २०२६ जेठ ५ गते विवाह गर्नुभयो । उहाँले विवाह दर्तालगायतका पञ्जीकरणका काम कुनै गर्न पाउनु भएन । अर्को विवाह गरेका श्रीमान्को विसं २०६८ असार १५ गते मृत्यु भएको थियो । कान्छी श्रीमतीपठ्ठिका छोरासँग नाता प्रमाणित गरेर वडाबाट सर्जिमिन मुचुल्कालगायतका कागजी प्रक्रिया पूरा गरेर सदरमुकाम खाँदबारी आउए उहाँले नागरिकता लिनुभयो । (रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।