महाधिवेशन तयारीका लागि एमाले स्थायी कमिटी बस्दै

काठमाडौँ, ६ मङ्सिर ।नेकपा ९एमाले० को आशन्न दशौँ राष्ट्रिय महाधिवेशनमा पाँच प्रतिशत मनोनित प्रतिनिधिलगायतका विषयमा छलफल गर्न सो पार्टीको स्थायी कमिटीको बैठक आज बस्दैछ । महाधिवेशनमा पदेन र निर्वाचित गरी एक हजार ९९९ प्रतिनिधिको पाँच प्रतिशतसम्म मनोनीत गरिने तयारी छ । एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङका अनुसार दिउँसो ३ बजे च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा बस्ने बैठकले महाधिवेशनको तयारीबारे पनि छलफल गर्नेछ । महाधिवेशन तयारीका लागि नेता रामबहादुर थापाको संयोजकत्वमा मूल व्यवस्थापन र अन्य नेताको संयोजकत्वमा विभिन्न समिति गठन गरिएको छ । एमालेको चालु केन्द्रीय कमिटीको बैठक महाधिवेशन उद्घाटन हुने अघिल्लो दिन बस्ने तयारी छ । नयाँ नेतृत्व चयनका लागि यही मङ्सिर १० देखि १२ गतेसम्म एमालेको महाधिवेशन चितवनमा हुँदैछ ।

टिमुरेमा सिसी क्यामरा जडान
रसुवा, ६ मङ्सिर । नेपाल प्रहरीले सीमावर्ती क्षेत्रको सुरक्षा व्यवस्था चुस्त बनाउन यहाँस्थित टिमुरेमा सिसी क्यामरा जडान गरेको छ ।नेपाल–चीनबीचको व्यापारिक कारोवारका लागि पछिल्लो सयम सो स्थानमा आवतजावत बढ्न थालेको छ । यसलाई निगरानी राख्न क्यामरा जडान भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी प्रमुख देवेन्द्र पाण्डेले टिमुरे क्षेत्रमा पिटिजेड नामक दुई वटा सिसी क्यामरा जडान भइसकेको जानकारीदिनुभयो । उहाँले भन्नुभयो “ सिसी क्यामराले सुरक्षाका निगरानीमा थप मद्दत पुगेको छ । सीमावर्ती क्षेत्रमा गतिविधिलाई कन्ट्रोल कक्षबाट निगरानी गर्न थालिएको छ । ”क्यामरा जडानका लागि टिमुरेमा सञ्चालित विभिन्न नौ बंैक संस्था र सुक्खा बन्दरगाह निर्माणमा कार्यरत चीनस्थित तिब्बती फुली कन्ट्रक्सन प्रालिले सहयोग गरेको प्रहरीले जनाएको छ । यस्तै दुईदेशका सिमानामा पर्ने रसुवागढी क्षेत्रमा पनि सिसी क्यामरा जडान गरिएको छ ।

रसुवागढी तथा टिमुरे क्षेत्रको सुरक्षा व्यवस्था मजबुत पार्न र चोरी निकासी नियन्त्रण गर्न प्रहरी प्रमुखले गरेका प्रयास प्रशंसनीय भएको स्थानीय समाजसेवी सुनाऔदी तामाङले बताउनुभयो । यस्तै प्रहरीले स्याफ्रुबेँसी, धुञ्चे, कालिकास्थान र बेत्रावतीका क्षेत्रमा समेत सिसीटिभी जडान गर्ने कार्य सम्पन्न गरिसकेको छ । बेत्रावतीदेखि रसुवागढीसम्म २९ वटा सिसी क्यामरा जडान भएकोसमेत प्रहरी प्रमुख पाण्डेले जानकारी दिनुभयो । स्थानीय प्रशासनको समन्वयमा प्रहरीले गरेका सबै कार्य प्रशंसनीय भएको प्रमुख जिल्ला अधिकारी नवराज जैसीले बताउनुभयो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।