पाँचथर कांग्रेस सभापतिमा जबेगू विजयी

पाँचथर, ८ मङ्सिर ।नेपाली कांग्रेस जिल्ला कार्यसमिति पाँचथरको सभापतिमा रुपनारायण जबेगू विजयी हुनुभएको छ । प्रतिद्वन्द्वी सुरेन्द्रकुमार दाहाललाई २०० बढी मतान्तरले पराजित गर्दै जबेगू सभापति निर्वाचित हुनुभएको हो ।गएराति सम्पन्न मतगणनाअनुसार जबेगू ६३४ मत प्राप्त गर्दै विजयी हुनुभएको हो । दाहालले भने ४१६ मत प्राप्त गर्नुभयो । उपसभापति पदमा भने वृजहाङ आङदेम्बे र डिकेन्द्रकुमार चेम्जोङ विजयी हुनुभएको छ । आङदेम्बे ६२५ र चेम्जोङ ४५१ मत प्राप्त गर्दै विजयी हुनुभएको हो । सचिव पदमा दीपक नेपाल ५२७ मत र डेकेन्द्रकुमार तामाङ ४७० मत प्राप्त गर्दै विजयी हुनुभएको छ । सचिव पदमा धनराज तुम्बापोले ४१४, सुवराज थापाले ३७७ र एकराज नेम्वाङले १५६ मत प्राप्त गर्नुभएको छ ।

यस्तै सहसचिव पदमा ६०८ मत प्राप्त गर्दै सन्तोष श्रेष्ठ र ४९९ मत प्राप्त गर्दै गजेन्द्र राई विजयी हुनुभएको छ । सहसचिव पदमा धनसिंह नेम्वाङले ४३० र कृष्णकुमार फियाकले ३७० मत प्राप्त गर्नुभएको छ । यस्तै निर्वाचन भएका जिल्ला सदस्य पदमा गणेशप्रसाद पोखरेल, विजयहाङ आङदेम्बे, धनकुमार लावती, देउकुमार योङहाङ र शशीराज आङदेम्बे विजयी हुनुभएको छ । यस्तै विमला हाङसरुम्बा, राजकुमार नेम्वाङ, रमेशभगत प्रधानाङ्ग, दिला खेवाङ, मविन्द्र योङया, चन्द्रकुमार आङदेम्बे, वीरेन्द्रकुमार शेर्मा, डिलेन्द्रकुमार शेर्मा, लिला राई, मनकुमारी शेर्मा, गोविन्दबहादुर फुयाल विजयी हुनुभएको छ । बाँकी जिल्ला कार्यसमितिका सदस्य भने निर्विरोध निर्वाचित भइसकेका छन् ।

बा,ढी प,हिरो पीडितलाई राहत वितरण
डोटी, ८ मङ्सिर । गत असोज ३१ गतेदेखि परेको बेमौसमी वर्षाका कारण आएको बा,ढीपहिरामा परी पी,डित भएका सायल गाउँपालिका–१ का पी,डितलाई राहत वितरण गरिएको छ । मिसो नेपालको आर्थिक सहयोग तथा कारितास नेपाल र सामुदायिक विकास मञ्चको सहयोगमा उक्त वडाका ३० घरपरिवारलाई राहत वितरण गरिएको हो ।बा,ढीपहिराले खेती बगाएको तथा घर ब,गाएर पी,डित भएका परिवारलाई प्रतिपरिवारलाई कम्बल दुई, त्रिपाल एक, ३० किलो चामल, पाँच किलो दाल, तीन लिटर खाने तेल तथा एक किलो नून वितरण गरिएको कारितास नेपालका अनुगमन मूल्याङ्कन अधिकृत माया बमले जानकारी दिनुभयो ।

बा,ढीपहिराका कारण खेतीयोग्य जमिन तथा घर नभएर पी,डित भएका परिवारलाई संस्थाले खाद्यान्नलगायत लत्ताकपडासहित राहत वितरण गरेपछि पी,डित खुसी भएका छन् । उक्त बा,ढीपहिराका कारण जिल्लामा १६ जनाको ज्यान गएको थियो भने एक जना बेपत्ता भएका छन् । यहाँका अधिकांस बाढीपहिरो पीडितको अहिलेसम्म पनि पालमुनी बास भएको छ । बाढीपहिरामा ज्यान गुमाएका परिवारलाई सरकारले जनही रु दुई लाखका हिसाबले राहत प्रदान गरेको थियो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।