कांग्रेस बागमतीको पदाधिकारीको नतिजा सार्वजनिक

मकवानपुर, २१ मङ्सिर ।गत शनिबार सम्पन्न भएको नेपाली कांग्रेस बागमती प्रदेशको पदाधिकारीको निर्वाचनको नतिजा सार्वजनिक गरिएको छ । सोमबार राति सम्पन्न मतगणनाअनुसार कांग्रेस बागमती प्रदेश उपसभापतिमा मोहन बस्नेत र चन्द्र महर्जन विजयी हुनुभएको छ ।बस्नेत र महर्जन क्रमशः एक हजार ५९ र एक हजार ३७ मतसहित उपसभापतिमा विजयी हुनुभएको हो । उक्त पदका लागि उम्मेदवारी दिएका निकटम प्रतिद्वन्द्वी धर्मराम गौतम एक हजार चार र राजेन्द्रप्रसाद बुर्लाकोटी ८३९ मतसहित पराजित हुनुभएको छ ।यसैगरी, महामन्त्रीमा कन्चन चन्द्र बादे र राजु श्रेष्ठ विजयी हुनुभएको छ । सो पदका लागि माइकल रामचन्द्र अर्याल, तिलकप्रसाद रुवारी, गौरीप्रसाद दवाडी र सुरेश श्रेष्ठको उम्मेदवारी परेको थियो ।

यस्तै महिलातर्फकोे सहमहामन्त्रीमा जीवन डङ्गोल विजयी हुनुभएको छ । जसमा निर्मला बस्ताकोटी (निरु खड्का) र मोतीमाया तामाङको उम्मेदवारी थियो । यसैगरी खुल्लातर्फको सहमहामन्त्रीमा ऋषिराम घिमिरे र हरिशरण श्रेष्ठ विजयी हुनुभएको छ उक्त पदका लागि सात जनाको उम्मेदवारी परेको थियो । जसमा बिरबहादुर तामाङ, महेन्द्र थिङ, राजकुमार पाठक, जगन्नाथ धिमाल र जयनारायण सापकोटा मतसहित पराजित हुनुभएको छ । कांग्रेस बागमतीको सभापतिमा भने ईन्द्रबहादुर बानियाँ विजयी हुनुभएको छ।

अग्निपीडितलाई निःशुल्क स्वास्थ्य जाँच
कर्णाली, २१ मङ्सिर।छायाँनाथ रारा नगरपालिका–१ मुगु गमगढीका अग्निपीडितलाई निःशुल्क स्वास्थ्य जाँच गरिएको छ । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतको आयोजनामा सोमबार उनीहरूलाई एकदिने निःशुल्क स्वास्थ्य जाँच गरिएको हो ।कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक गणेशबहादुर ऐरको निर्देशनमा प्रहरी निरीक्षक डा शत्रुघन बहारदार नेतृत्वको मेडिकल युनिटको टोली औषधि सामग्रीसहित विकट जिल्ला मुगुमा पुगेर निःशुल्क स्वास्थ्य जाँच गरेको प्रहरी प्रवक्ता एवं प्रहरी उपरीक्षक माधवप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । यही कात्तिक २९ गतेको भीषण आगलागीपीडित भएका २१ घरपरिवारका ८० जनालाई निःशुल्क स्वास्थ्य जाँच गरिएको प्रवक्ता श्रेष्ठले बताउनुभयो ।

अग्निपीडित, सर्वसाधारण र प्रहरी कर्मचारीका परिवार गरेर २६९ जनालाई निःशुल्क स्वास्थ्य जाँच गरिएको प्रहरी निरीक्षक डा शत्रुघन बहरदारले जानकारी दिनुभयो । विकट जिल्लाका भूपू, अशक्त र बहालवाला प्रहरी कर्मचारीका परिवार, अग्निपीडित सर्वसाधारणलगायतलाई प्रत्यक्षरूपमा निःशुल्क स्वास्थ्य जाँच गर्ने र औषधि दिने उद्देश्यले स्वास्थ्य शिविर सञ्चालन गरिएको प्रहरी निरीक्षक डा बहरदारले बताउनुभयो ।“शिविरमा श्वासप्रश्वास, हाडजोर्नी तथा मांसपेशी, पाठेघर, छाला तथा खानपिनबाट लाग्ने रोगको बिरामी भेटिए”, उहाँले भन्नुभयो, “हामीले स्वास्थ्य जाँचसहित उहाँहरूलाई निःशुल्क औषधि वितरण गरेका छौँ ।” उहाँका अनुसार निःशुल्क स्वास्थ्य शिविरबाट १४७ महिला, १०१ पुरुष र २१ जना भूपू, असक्त र कार्यरत प्रहरी कर्मचारीका परिवारले निःशुल्क उपचार सेवा लिएका छन् । त्यस्तै प्रहरी निरीक्षक जगदीश भट्टको नेतृत्वमा यही मङ्सिर २३ गते कालीकोटमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।