सभापतिका साझा उम्मेद्वार बनाउने कसरतमा नेताहरु

काठमाडौँ, २२ मङ्सिर । सभापतिका साझा उम्मेद्वार सहमतिका साथ टुङ्गो लगाउन नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका नेताले कसरत गरिरहेका छन् ।बत्तिस पुतलीस्थित अनुपम फुड्ल्याण्डमा बसेको बैठकले सभापतिका लागि साझा उम्मेद्रवार बनाउने अन्तिम तयारी गरेको हो । पार्टीका पदाधिकारी, केन्द्रीय सदस्य तथा जिल्ला सभापति, निवर्तमान सभापतिको संयुक्त बैठकले सभापतिका आकांक्षी चार नेतालाई सहमतिमा ल्याएर साझा उम्मेद्वार बनाउन सुझाएको छ । बैठकमा सहभागी अधिकांश नेताले पार्टीमा निरन्तर लामोसमयदेखि त्याग गरेका सर्वस्वीकार्य नेतालाई सभापतिको उम्मेद्वार बनाउन सुझाएका छन् । संयुक्त बैठकपछि चाक्सीबारीमा अपराह्न ३ बजे शीर्ष नेताहरुसहितका पदाधिकारी र केन्द्रीय सदस्यको बैठकले साझा उम्मेद्वारको टुङ्गो लगाउने केन्द्रीय सदस्य बद्रीप्रसाद पाण्डेले बताउनुभयो । उहाँले भन्नुभयो, “व्यक्ति नटुङ्गिए पनि छलफल केही साँघुरिएको छ, बेलुकासम्म सभापतिको उम्मेद्वार टुङ्गो लाग्छ ।”

केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले पार्टीका पूर्व सभापति, वर्तमान सभापतिलगायतसँग बसेर छलफल गरिएको र विभिन्न कोणबाट सुझाव आएकाले पुनः केन्द्रीय सदस्य तथा पदाधिकारीसहितको बैठकले अन्तिम टुङ्गो लगाउने बताउनुभयो । बैठकमा वरिष्ठ नेता पौडेल केहीसमय बसेर बाहिरिनुभएको थियो । चारजनामध्ये आफू पनि सभापतिको उम्मेद्वार भएकाले बैठकको निष्कर्षलाई स्वीकार्ने सञ्चारकर्मीलाई प्रतिक्रिया दिनुभएको थियो । कांग्रेस काठमाडौँका सभापति कृष्ण सबुज बानियाँले सबै नेता उम्मेद्वारका लागि उत्तिकै योग्य भए पनि अहिलेको परिस्थितिमा कस्तो व्यक्तिलाई उठाउँदा उपयुक्त हुन्छ, पार्टीमा निरन्तर योगदान गरेको र आगामी दिनको चुनौतीलाई सामना गरेर अघि बढ्नसक्ने नेतृत्व चाहिन्छ भनेर बैठकले सुझाएको बताउनुभयो । निवर्तमान जिल्ला सभापति जगदीश नरसिंह केसीले सभापतिका आकांक्षी चार नेता बसेर साझा धारणा बनाएर ल्याउन बैठकले अनुरोध गरेको बताउनुभयो । हिजो मङ्गलबार दिनभर सभापतिका आकांक्षीसहित केन्द्रीय सदस्यको बैठकले सभापतिको नाम टुङ्गो लगाउन खोजे पनि सहमति नभएपछि आजका लागि बैठक बोलाइएको हो । शुक्रबारदेखि काठमाडौँमा कांग्रेस महाधिवेशन सुरु हुँदैछ ।

प्रदेश २ मा ३० प्रतिशतलाई कोरोनाविरुद्धको पूर्ण खोप
जनकपुर, २२ मङ्सिर । प्रदेश २ मा ३० दशमलव ४३ प्रतिशत नागरिकलाई कोरोनाविरुद्धको पूर्ण खोप दिइएको छ। सप्तरीमा ३० दशमलव ३१, सिरहामा २९ दशमलव ५७, धनुषामा ३२, महोत्तरीमा २७ दशमलव ७४ प्रतिशत, सर्लाहीमा ३४ दशमलव ५४, रौतहटमा २९ दशमलव ४१, बारामा ३० दशमलव ६४ र पर्सामा २७ दशमलव ७५ प्रतिशतले कोभिड–१९ विरुद्धको पूर्ण खोप लगाएको प्रदेश २ का स्वास्थ्य निर्देशक विजय झाले जानकारी दिनुभयो । कोरोना भाइरसको सङ्क्रमण कायमै रहे पनि ग्रामीण भेगमा अझै कोरोनाविरुद्धको खोप लगाउन डराइरहेकाले लक्ष्यअनुसार खोप लगाउन नसकिएको उहाँको भनाइ छ । कोरोना भाइरसको नयाँ भेरियन्टको खतरा बढेपछि नेपाल–भारत प्रवेश नाकामा ‘हेल्थ डेस्क’ सञ्चालन गरिएको छ । सीताराम विवाहपञ्चमी महोत्सवका अवसरमा भारतबाट आउने साधुसन्त र सर्वसाधारण श्रद्धालु भक्तजनलाई लक्षित गरी ‘हेल्थ डेस्क’ सञ्चालन गरिएको हो।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।