कांग्रेस केन्द्रीय समिति बैठक सम्पन्न, तीन प्रस्ताव पारित

काठमाडौँ, २३ मङ्सिर । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आज बसेको बैठकले भोलि शुक्रबारदेखि सुरु हुन लागेको कांग्रेसको १४औँ महाधिवेशनमा पेश गरिने तीन प्रतिवेदन पारित गरेको छ । बैठकले महामन्त्रीको साङ्गठनिक प्रतिवेदन, कोषाध्यक्षको लेखासम्बन्धी प्रतिवेदन र नीति तथा अनुसन्धानसम्बन्धी प्रतिवेदनलाई पारित गरेको हो ।बैठकपछि सञ्चारकर्मीलाई जानकारी दिँदै पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले पार्टीको महासमिति बैठकपछि विधान सम्बन्धमा जतिपनि निर्णय भएका छन् तिनलाई पनि केन्द्रीय कार्यसमितिबाट अनुमोदन गर्ने निर्णय भएको जानकारी दिनुभयो ।

बैठकमा शुक्रबारदेखि सुरु हुने पार्टीको महाधिवेशनको तयारीलगायत विषयमा छलफल भएको जानकारी प्रवक्ता शर्माले दिनुभयो । प्रवक्ता शर्माले महाधिवेशनमा भारतीय जनता पार्टी र कङ्ग्रेस आईका प्रतिनिधि अतिथिका रुपमा सहभागी हुने निश्चित भएको जानकारी दिनुभयो । उहाँले शुक्रबार महाधिवेशनको उद्घाटन दिउँसो १ बजे भृकुटीमण्डपमा हुने र यसलाई चुस्त र व्यवस्थितरुपमा सम्पन्न गर्नेगरी तयारी भएको जानकारी पनि दिनुभयो । आजको बैठकमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल अनुपस्थित हुनुभएको बुझिएको छ ।

‘कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार’ वादीलाई
काठमाडौँ, २३ मङ्सिर ।यस वर्षको ‘कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार’–२०७७ बाट सुदूरपश्चिम प्रदेशसभा सांसद उमादेवी वादी सम्मानित हुनुभएको छ । अन्तराष्ट्रिय मानव अधिकार दिवसका अवसरमा मानव अधिकार तथा शान्ति समाजले आज यहाँ आयोजना गरेको कार्यक्रममा रक्षामन्त्री डा मीनेन्द्र रिजालले उक्त पुरस्कार सांसद वादीलाई प्रदान गर्नुभएको हो ।मन्त्री रिजालले वादीको सामाजिक अधिकारका लागि उमादेवीको योगदान उल्लेखनीय रहेको भन्दै सही व्यक्तित्वलाई पुरस्कार प्रदान गरिएको बताउनुभयो । समाज सेवा वा सामाजिक प्रशासनको क्षेत्रमा विशिष्ट योगदान पु¥याउने उद्देश्यले मानव अधिकारकर्मी कृष्ण पहाडीका पिता बद्रीप्रसाद पहाडीका नाममा स्थापना गरिएको उक्त पुरस्कारको राशि रु एक लाख १० हजार नगदसहित सम्मानपत्र रहेको छ ।

पुरस्कृत व्यक्तित्व वादीले आत्मसम्मानको लडाईंमा आफूले गरेको योगदानको कदरस्वरुप आफूलाई पुरस्कृत गरिएको भन्दै अत्यन्त गौरवान्वित महसुस गरेको बताउनुभयो । उहाँले यस पुरस्कारले आफूलाई आगामी दिनमा काम गर्न थप हौसला प्रदान गरेको बताउनुभयो ।समाजका महासचिव रामकृष्ण बरालले वादी समुदायको मानवअधिकार र सामाजिक न्यायका लागि योगदान पु¥याउन सफल अधिकारकर्मीलाई थप प्रोत्साहन पुगोस् भन्ने हेतुले पुरस्कार उमादेवीलाई प्रदान गरेको बताउनुभयो ।विसं २०१८ फागुन ४ गते जन्मिनुभएकी उमादेवी वादीले २०६४ सालमा राष्ट्रिय वादी अधिकार सङ्घर्ष समितिको संयोजकका रूपमा ४८ दिन लामो वादी आन्दोलनको नेतृत्व गर्नुभएको थियो । सो आन्दोलनको परिणामस्वरुप वादी समुदायको उत्थान र अधिकारका लागि नेपाल सरकारसँग दुई बुँदे सम्झौता भएको थियो ।
विपन्न दलित वादी समुदायको हक–अधिकारका लागि निरन्तर योगदान गर्दै आउनुभएकी उमादेवी वादीलाई विश्व प्रसिद्ध सञ्चारमाध्यम बिबीसीले सन् २०१८ को विश्वका १०० जना प्रेरणादायी र प्रभावकारी महिलाकोे सूचीमा १०आँै स्थानमा राखेको थियो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।