एमालेको आज केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठक यसरी सम्पन्न भयो

भक्तपुर, २६ मङ्सिर । नेकपा (एमाले) को आज भक्तपुरमा सम्पन्न केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकले ३०१ सदस्यको कार्यविभाजनसहित तोकिएका १५ वटा कार्यसूचीमा निर्णयहरू गरेको छ । यही मङ्सिर १० देखि १४ गतेसम्म चितवनमा सम्पन्न दशौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको बैठकबाट विधानबमोजिम ४५ जना केन्द्रीय सदस्यको मनोनयन, स्थायी कमिटी र पोलिटब्युरोको गठनलगायतका निर्णय भएका हुन् । बैठकपछि एमालेका महासचिव शङ्कर पोखरेलले केन्द्रीय विभागमा जिम्मेवारी, प्रदेशका इञ्चार्ज, पदाधिकारी तोकिनुका साथै जिल्लाका इञ्चार्ज र सहइञ्चार्ज पनि निर्धारण गरिएको बताउँदै पार्टीमा अब वडा तहसम्म प्रवेश र महाधिवेशनको सन्देश प्रवाहका अभियान सञ्चालन गरिने जानकारी दिनुभयो ।

बैठकले आउँदो पुस २३ गते सबै जिल्ला र माघ ८ गते प्रदेश अधिवेशन गर्ने र आउँदो फागुनभित्र जनसङ्गठनका महाधिवेशन सम्पन्न गर्न निर्णय पनि गरेको छ । एमालेका पोलिटब्युरो सदस्य सूर्य थापाले तोकिएका सबै कार्यसूचीमा छलफल भएर सफलतापूर्वक बैठक सकिएकाले अब सिङ्गो पार्टीको ध्यान देशव्यापी परिचालन गरी आगामी निर्वाचनमा बहुमत ल्याउनेतर्फ केन्द्रित हुने बताउनुभयो ।

राष्ट्रिय महिला कबडी प्रतियोगिताको उपाधि सुदूरपश्चिम प्रदेशलाई
धनुषा, २६ मङ्सिर । राष्ट्रिय महिला कबडी प्रतियोगिता २०७८ को उपाधि सुदूरपश्चिम प्रदेशले हात पारेको छ । धनुषाको बटेश्वर गाउँपालिकामा यही मङ्सिर २३ गतेदेखि आयोजित सो प्रतियोगिताको शनिबार सम्पन्न फाइनल खेलमा सुदूरपश्चिमले आठ अङ्कका विरुद्ध ५४ अङ्क ल्याई लुम्बिनी प्रदेशमाथि भारी अङ्क अन्तरले विजयी भएको हो । प्रतियोगितामा बागमती प्रदेश र गण्डकी प्रदेशले तृतीय स्थान प्राप्त गरेका थिए । फाइन खेलमा प्रथम हुने टिमलाई रु एक लाख ५०५, द्वितीय हुनेलाई रु ५० हजार ५०५ र तृतीयलाई रु २५ हजार ५०५ नगद, शिल्ड, प्रमाणपत्र प्रदान गरिएको थियो । त्यसैगरी प्रतियोगितामा बेस्ट रेडर र म्यान अफ दि म्याचको पुरस्कार सुदूपश्चिमकी खेलाडी सुनिता थापालाई र बेस्ट डिफेन्डरको पुरस्कार सुदूरपश्चिमकै खेलाडी निशा बोहरालाई प्रदान गरिएको छ ।

वटेश्वर गाउँपालिकाको संयोजन तथा शिवशक्ति युथ क्लब बटेश्वरको आयोजनामा आयोजित प्रतियोगितामा सातवटै प्रदेशको टिमको सहभागिता रहेको प्रतियोगिता प्रचासप्रसार समितिका संयोजक मदन विश्वकर्माले जनाउनुभयो । प्रतियोगिताको समापन समारोहलाई सम्बोधन गर्दै वटेश्वर गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर राउतले खेलकुदले ठाउँको पहिचान गराउनुका साथै देशको नामसमेत प्रख्यात गराउन सहयोग पु¥याउने भएको हुँदा यस्ता किसिमका प्रतियोगितामा गाउँपालिकाले संयोजन गरेको बताउनुभयो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।