खाेटाङमा धान उत्पादन घट्यो, अघिल्लाे वर्षभन्दा साढे चार हजार मेट्रिक टन कम

खोटाङ, २८ मंसिर /बेमौसमी वर्षा र हावाहुरीका कारण चालु आर्थिक वर्ष २०७८/०७९ मा खोटाङमा धान उत्पादन घटेको छ । गत ३१ असोजदेखि २ कात्तिकसम्म परेको बेमौसमी वर्षा र हावाहुरीका कारण गतवर्षको तुलनामा खाेटाङमा चार हजार ६ सय ४३ मेट्रिक टन धान उत्पादन घटेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

गत आर्थिक वर्ष २०७७/०७८ मा २९ हजार सात सय ९४.३८ मेट्रिक टन धान उत्पादन भएको जिल्लामा चालु आर्थिक वर्ष २५ हजार एक सय ५१.१० मेट्रिक टन मात्रै उत्पादन भएको ज्ञान केन्द्रका सूचना अधिकारी कृषि प्रसार अधिकृत सञ्जयकुमार पण्डितले बताए । गतवर्ष धानको प्रतिहेक्टर दुई ३१ मेट्रिक टन उत्पादकत्व रहेको जिल्लामा यसवर्ष प्रतिहेक्टर १.९५ मेट्रिक टन उत्पादकत्व कायम भएको कार्यालयले जनाएको छ ।

दुई नगरपालिका र आठ गाउँपालिका रहेको खाेटाङमा १२ हजार आठ सय ९८ हेक्टरमा धान खेती गरिएको थियाे । समयमै भएकाे वर्षा र रोपाई हुँदा यसवर्ष विगतको तुलनामा धान उत्पादन नहुने आंकलन गरिएको थियो । तर, प्रमुख बालीका रुपमा लगाएको धान उत्पादन घट्ना किसान चिन्तित बनेका छन् । ढलेका धानको बोट कुहिएपछि परालको उत्पादनमा समेत कमी आएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-३ बाम्राङका किसान ईश्वरकुमार श्रेष्ठले बताए ।

बेमौसमी वर्षा तथा हावाहुरीले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा दुई हजार दुई सय ५० हेक्टर, हलेसी तुवाचुङ नगरपालिकामा २८.५० हेक्टर, जन्तेढुंगा गाउँपालिकामा एक हजार ती सय ८४.११ हेक्टर, खोटेहाङ गाउँपालिकामा ६ सय ७९.२९ हेक्टर र दिप्रुङ चुईचुम्मा गाउँपालिकामा चार सय २८ हेक्टर धानबालीमा क्षति पुर्‍याएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

यस्तै, साकेला गाउँपालिकामा दुई सय ९६.२२ हेक्टर, रावाबेसी गाउँपालिकामा दुई सय ७५ हेक्टर, केपिलासगढी गाउँपालिकामा ९० हेक्टर र ऐसेलुखर्क गाउँपालिकामा ११.५० हेक्टर धानवालीमा क्षति पुर्‍याएको ज्ञान केन्द्रले जनाएको छ ।

वर्षा तथा हावाहुरीका कारण कोदो, जुनेलो, फापरलगायतका बालीनाली समेत ढालेको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।