दलित केन्द्रीय सदस्यको मतपरिणाम सार्वजनिक
काठमाडौँ, ८ पुस: नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत दलित केन्द्रीय सदस्यको मतपरिणाम सार्वजनिक भएको छ । पार्टीको १४औँ महाधिवेशनअन्तर्गत मङ्सिर २७ गते भएको मतदानको आज सार्वजनिक परिणाममा दलित खुलातर्फ पाँच पदका लागि भएको निर्वाचनमा मानबहादुर नेपाली, प्रकाश रसाइली ‘स्नेही’, नृपबहादुर वड, हरिशरण नेपाली र मैकुलाल वाल्मिकी निर्वाचित भएका छन् । दलित महिलातर्फ लक्ष्मी परियार, सुजाता परियार, शान्ति परियार र रुपा विश्वकर्मा निर्वाचित भएको कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।
यो पनि पढ्नुहोस्…नेपालमा थप एक जनामा कोरोनाभाइरसको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण पुष्टि भएको छ । बुधबारको प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयकी प्रवक्ता संगीता कौशल मिश्राले थप एक जनामा ओमिक्रोन संक्रमण पुष्टि भएको जानकारी दिइन् । ५८ वर्षीय पुरुषमा ओमिक्रोन देखिएको र उनी स्वास्थ्य मन्त्रालयको निगरानीमा होम आइसोलेशनमा रहेको उनले जानकारी दिइन् ।नेकपा माओवादी केन्द्र प्रदेश १ कमिटीको अध्यक्षमा जनार्दन शर्माको प्रमुख स्वकीय सचिव हर्कबहादुर नेम्वाङ विजयी भएका छन् ।अध्यक्षमा नेम्वाङले १६९ मत ल्याउँदा उनका प्रत्यासी मुक्साहाङ मेन्याङ्बोले ६४ मत मात्रै ल्याएका छन् ।
नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले जनप्रतिनिधिमूलक संस्था संसद् बन्धक बनाएर प्रमुख प्रतिपक्षी नेकपा एमालेले धुन्धुकारी प्रवृत्ति देखाएको टिप्पणी गरेका छन् । संसद् बैठकबाट बाहिरिने क्रममा पत्रकारसँग कुराकानी गर्दै उनले एमाले धुन्धुकारी प्रवृत्तिबाट ग्रस्त रहेको आरोप लगाए ।सत्ता गठबन्धन दलहरूले एमसीसीबारे बनाएको कार्यदलको पहिलो बैठक बसेको छ । बैठक नेकपा एसका नेता झलनाथ खनालको निवास डल्लुमा बसेको हो । बैठकसँगै कार्यदलले काम थालेको छ ।नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले जंगी अड्डामा आयोजित एक कार्यक्रमबीच चेक हस्तान्तरण गर्दै ‘सैनिक सकलदर्जा सहुलियतपूर्ण आवास कर्जा २०७८’को औपचारिक रूपमा शुभारम्भ गरेका छन् ।प्रदेशमा २ नेपाली कांग्रेसको प्रदेश कार्यसमितिको निर्वाचन आज हुँदै छ । प्रदेश अधिवेशनबाट नेतृत्व चयनको लागि निर्वाचन हुन लागेको समयमा बुधबार २ पक्षबीच झडप भएको थियो ।
विवेकशील साझा पार्टीले पुस २७ गते पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसर पारेर ‘महाकाली(मेची राष्ट्रिय एकता यात्रा’ शुरू गर्ने भएको छ बुधवार दिउँसो ३ बजेका लागि बोलाइएको न्याय सेवा आयोगको बैठक स्थगित भएको छ । लोक सेवा आयोगका अध्यक्ष तथा न्याय सेवा आयोगका सदस्य माधवप्रसाद रेग्मी काठमाडौं उपत्यकाबाहिर रहेकाले बैठक स्थगित गरिएको विज्ञप्तिमा उल्लेख छ ।काठमाडौं जिल्ला अदालतले बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणका मुख्य अभियुक्त रामकुमार सुवेदी र उनकी श्रीमती माधवीलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको छ ।
निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले अहिलेको जनप्रतिनिधिको पाँच वर्षे अवधि पूरा हुँदै गरेकाले २०७९ वैशाख २० गते ७५३ वटै स्थानीय तहको निर्वाचन गर्ने तयारीमा आयोग जुटिरहेको बताएका छन् ।स्थानीय सरकार रिक्त रहने विषय कल्पनासमेत गर्न नसकिने र उनीहरूको अवधि थप गर्ने व्यवस्था अहिलेको मितिसम्म नभएका कारण वैशाखभित्र नै तोकिएको समयमा निर्वाचन गर्न आयोग गम्भीर रहेको उनको भनाइ छ ।बुधवार शेयर बजारमा उत्साहजनक वृद्धि भएको छ । यस दिन नेप्से परिसूचक ९२.१६ अंकको वृद्धि आएको छ ।नेपाल क्रिकेट संघ (क्यान) बाट खेलाडीको कारवाहीबारे नोट अफ डिसेन्ट लेखेका ६ जना बोर्ड सदस्यले कारवाहीमा आपत्ति जनाएका छन् ।


