करेन्ट लागि १ जनाको मृ’त्यु
सुनसरी,जेठ १३ । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका-२ मेहेताटोल स्थितमा करेन्ट लागि १ जनाको मृ’त्यु भएको छ ।
आज दिउँसो साढे ११ बजे छिमेकीको घर बनाउने क्रममा छतमा फलामको रड तान्दा रडले बिजुलीको तार छुन गई करेन्ट लागि स्थानीय ४० बर्षीय जिवानन्द मेहेता ग’म्भिर घा’ईते भएका थिए । घाईते मेहेतालाई उपचारको लागी जिल्ला अपताल सुनसरी लगिएकोमा अस्पताल पुर्याउनसाथ मृ’त्यु भएको हो ।
घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट थप अनुसन्धान भईरहेको छ ।
प्रेस युनियनको विशेष भेलाको निर्णयः नवौं महाधिवेशन २८ र २९ जेठमा
काठमाडौं, १३ जेठ/लोकतन्त्रवादी पत्रकारहरूको साझा संस्था नेपाल प्रेस युनियन विभाजनको संघारमा पुगेको छ ।जेठ १३ र १४ गते हेटौंडामा गर्ने भनिएको नवौं महाधिवेशनको मिति भदौमा सारिएपछि असन्तुष्ट भएको एउटा खेमाले शुक्रबार बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा विशेष भेला आयोजना गरेको थियो । भेलाले युनियनको नवौं महाधिवेशन २८ र २९ जेठमा काठमाडौंमा गर्ने निर्णय गरेको छ ।
भेलाले नवौं महाधिवेशन सम्पन्न गर्न उपमहासचिव सलोजा दाहालको संयोजकत्वमा केन्द्रीय समितिका पदाधिकारी एवं सदस्यहरु सम्मिलित महाधिवेशन आयोजक समिति गठन गर्ने निर्णय गरेको छ ।
प्रेस युनियनको विधान संशोधनका लागि सचिव खिला कार्कीको संयोजकत्वमा विधान संशोधन समिति गठन गर्ने, केन्द्रीय सदस्य दिलीप पौडेलको संयोजकत्वमा आर्थिक समिति र केन्द्रीय सदस्य रमेश वाग्लेको संयोजकत्वमा सांगठनिक समिति गठन गर्ने निर्णय भएको प्रेस युनियन काठमाडौंका पूर्वअध्यक्ष नकुल अर्यालले जानकारी दिए ।
यस्तै, युनियनको केन्द्रीय समितिले शुक्रबार केन्द्रीय कार्यालय थापागाउँमा युनियन स्थापना दिवस मनाउने भएको छ ।


