सप्तकोसी नदीमा हाम फालेका लिम्बुको सकुशल उद्धार

सप्तरी, १९ जेठ । सप्तकोशी नदीमा हाम फालेका एक व्यक्तिलाई सशस्त्र प्रहरीले उद्धार गरेको छ ।

सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ स्थित सप्तकोशी नदीमा बुधबार बेलुकी करिब ७ : १५ मिनेटतिर हाम फालेका ४१ वर्षी बुधुन्द्रप्रसाद लिम्बुको उद्धार गरिएको सशस्त्र प्रहरी सप्तरीका प्रहरी उपरीक्षक प्रदीप खड्काले जानकारी दिए ।

लिम्बु झापाको कमल गाउँपालिका–५ का हुन् । सप्तकोशी पुलको बीचको नोजबाट उनी नदीमा हाम फालेका थिए । लगत्तै उनलाई सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेस भारदहबाट खटिएको वरिष्ठ हबल्दार उद्धवप्रसाद चौलागाईं नेतृत्वको टोलीले स्थानीयको सहयोगमा उद्धार गरेका हुन् । उद्धार गरी लिम्बुलाई घर पठाइएको खड्काले जानकारी दिए ।

ढुक्कले अझै खानेपानी पाइँदैन
बलेवा, १९ जेठ (रासस) :बागलुङ नगरपालिका–६ का झण्डै एक दर्जन गाउँमा सधैँ खानेपानीको समस्या रहन्छ । पानीको मुहान गाउँभन्दा झण्डै ६ किलोमिटर टाढा छ । बागलुङ नगरपालिका–७ तितौरे गाउँबाट पानी यहाँ ल्याइएको हो ।

एक्काइस वर्ष अघि सुरु भएको पानी ल्याउने काम केही वर्ष अघि पूरा भएको हो । गाउँमा पानी त आयो तर ढुक्कका साथ गाग्री भर्न भने यहाँका सर्वसाधारणले अझै पाएका छैनन् । लामो दूरीमा पाइपलाइन भएकाले वर्षामा बाढी पहिरोले पटक पटक अवरुद्ध हुनेगरेको छ । हिउँदमा मुहान सुक्छ ।

असारदेखि फागुनसम्म पानीको समस्या कम हुन्छ । फागुनदेखि वैशाखसम्म खडेरीले निकै पिरोल्छ । “आकाशको पानी आउँदा मुहान सर्सिन्छन्, हामीले पानीको समस्या भोग्नुपर्दैन्, तर बाढी पहिरोले भने अवरुद्ध हुन्छ”, बागलुङ नगरपालिका–६ का मानबहादुर केसीले भन्नुभयो, “पहिलाभन्दा घर पनि बढेका छन्, पानी धेरै चाहिन्छ । पानीको मात्रा कम छ ।” वर्षा हुँदा खानेपानीको समस्या कम हुन्छ ।

यहाँ नजिकमा पानीका मुहान छैनन् । अधिकांश गाउँमा खानेपानीको समस्या छ । विसं २०५८ मा ६ किलोमिटर टाढा तितौरेबाट पानी ल्याउने काम सुरु भएको हो । विसं २०६४ मा मात्र गाउँमा पानी पुगेको केसी सम्झन्छन् । “ट्याङ्कीमा जम्मा गरेर घर घरमा पुगेका पाइपमा पानी बाँडेर काम चलाइएको छ, धारा बनाउन र पानी व्यवस्थित गर्न अझै बाँकी छ”, उहाँले भन्नुभयो, “यसअघि वडाले पहिला पानी नभएका ठाउँमा काम ग¥यो, जसोतसो चलेकै थियो, अब व्यवस्थित होस् ।”

एक्काइस वर्ष अघि जडान भएको पानी ल्याउने पाइप सानो भएको र मुहान थप गरेर भएपनि बाह्रै महिना २४सैँ घण्टा पानी आउने वातावरण हुनुपर्ने केसीजस्तै वडावासीको माग छ । यो मुहानको पानी यहाँका ४०० घरपरिवारले प्रयोग गर्ने गरेका छन् ।

बागलुङ नगरपालिका–६ का २५० परिवारलाई अझै पनि खानेपानीको समस्या छ । लाकुरीबोट, धारापानी, पैञ्युपाटा, भान्साको छापलगायतका गाउँमा उपयुक्त मुहानको अभावमा घरघरमा पानी पु¥याउन समस्या रहेको वडाध्यक्ष रुद्रबहादुर कसीले बताउनुभयो । पुराना पँधेरा र कँुवाको भरमा खानेपानीको जोहो गरिँदै छ । ती पँधेरा र कुवासमेत सुक्खा समयमा सुक्ने भएकाले लिफ्टििङ प्रविधिबाट त्यहाँ पानी पु¥याउने योजना रहेको उहाँले सुनाउनुभयो ।

“बर्खाको समयमा खासै समस्या हुँदैन्, हिउँदमा खडेरी परे मुहान सुक्छन् र समस्या निम्तिन्छ”, केसीले भन्नुभयो । पानीको स्रोत थोरै र उपभोक्ता धेरै भएकाले खानेपानीको समस्या झेल्नुपरेको हो । सरकारले एक घर एक धारा कार्यक्रम सञ्चालन गरिरहेको भए पनि यहाँका सर्वसाधारण सबैको घरमा अझै धारा पुगेको छैन । “मौरीभिरको गाउँमा एउटै धाराबाट पाँच परिवारले पानीको जोहो गर्छन्”, केसीले भन्नुभयो, “घरघरै धारा बनाउन त पानीको मुहान चाहियो ।” वडा नं ६ को भीरलाङ्कुरी, लंगाउँ, तिनतलेलगायत ठाउँमा लिफ्टििङ प्रविधिबाट पानी पु¥याइने र बाँकी गाउँमा समेत उपयुक्त मुहानको खोजी गरेर समस्या समाधान गरिने वडाध्यक्ष केसीले बताउनुभयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।