रानीज्यूलोमा रोपाइँ सुरु

कर्णाली, २२ जेठ । गत वर्ष आएको बाढीले क्षतविक्षत भएको कुलो निर्माण भएपछि तातोपानी गाउँपालिका–१ जुम्लाको रानीज्यूलोमा रोपाइँ सुरु भएको छ । गत कात्तिक १ गते परेको अविरल वर्षाका कारण आएको बाढीले जुम्ला तातोपानी, तिला र हिमामा ठूलो क्षति पुगेको थियो ।

अन्न भण्डारण गर्ने बेला आएको बाढीले यहाँका सयौँ किसानको धान, कोदो, मकै भटमास, सिमीलगायतका अन्न र स्याउबालीमा क्षति पुगेको थियो । भित्र्याउने बेलाको बाली प्राकृतिक विपद्ले खोसेपछि यहाँका किसान मारमा परेका थिए । बाढीले यस वर्ष गाँस खोसे पनि अर्को वर्ष कुलो निर्माण भइदिए हुन्थ्यो भन्ने आशा गरेका किसान कुलो सञ्चालनमा आएसँगै निकै हर्षित भएको कृषि विकास कार्यालय जुम्लाका निमित्त कार्यालय प्रमुख गणेशबहादुर अधिकारीले जानकारी दिनुभयो ।

“कृषि विकास कार्यालय जुम्लाको रु सात लाख र स्थानीयवासी समुदायको रु एक लाख श्रमदानबाट बाढीले क्षतिग्रस्त स्थानमा ४१ मिटर आरसिसी कुलो निर्माण भएको हो”, उहाँले भन्नुभयो, “तातोपानी गाउँपालिका–१ जुम्लास्थित रानीज्यूलोमा कुलो निर्माणपछि रोपाइँ सुरु भएको छ ।” तत्कालका लागि प्रदेश सरकारको सहयोगबाट ४१ मिटर कुलो आरसिसीका साथै ४० ग्याविन हालेर रोपाइँ सुरु गरिएको छ, तथापि जोखिम क्षेत्रमा कुलो पूरै आरसिसी एवं बाँध निर्माण गर्न ठूलो योजना चाहिने भएको उहाँले बताउनुभयो ।

रानीज्यूलोको कुलो निर्माणले १६ हेक्टर जमिनमा काली मार्सीधान फल्ने खेतमा सिँचाइ पुगेको कुलो निर्माण उपभोक्ता समितिका अध्यक्ष कलबहादुर कठायतले बताउनुभयो । “क्षतिग्रस्त कुलो नबन्दा धान रोप्न नपाइने हो कि भन्ने आशङ्का थियो”, उहाँले भन्नुभयो, “यस वर्ष जेनतेन कृषि विकास कार्यालयको सहयोगमा कुलो निर्माण भएर हामीलाई राहत पुगेको छ ।” रोपाइँ भए पनि वर्षायामको नदीले पुनः कुलो र खेत बगाउने हो कि भन्ने चिन्ता भएकाले त्यसमा ग्याबिनको मात्रा बढाएर सहयोग गर्न सरकारलाई उहाँले अनुरोध गर्नुभयो ।

कृषि विकास कार्यालयका सबइञ्जीनियर महेश बुढ्थापाका बाढीले बगाएको तातोपानी–१ बाइराकाको १०० मिटर कुलो पुनःनिर्माणका लागि काम भइरहेको छ । त्यस्तै तिला गाउँपालिका–४ जुम्ला नुवाकोटमा पनि विपद्ले बगाएको बालुबाट चौसिलासम्मको १२३ मिटर कुलो आरसिसी निर्माण भएको तर सो कुलो धेरै बनाउनुपर्ने आवश्यक रहेको सबइञ्जीनियर बुढ्थापाले बताउनुभयो । उहाँका अनुसार जुम्लाका सिँचाइ योजना तथा आरसिसी कुलो ६० बढी स्थानमा निर्माण भइरहेका छन् ।

तातोपानी गाउँपालिकाका अध्यक्ष नन्दप्रसाद चौलागाईँले कृषि विकास कार्यालय जुम्लाको आरसिसी कुलो निर्माण सहयोगले समुदायलाई ठूलो सहयोग पुगेको भन्दै कार्यालयलाई धन्यवाद ज्ञापन गर्नुभयो । अध्यक्ष चौलागाईंले वर्षाको पानीले कटान गर्ने सम्भावना बढी भएकाले स्थानीय तथा प्रदेश सरकारको सहयोगमा कुलो अझै मरमत गर्न आवश्यक रहेको बताउनुभयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।