चिचिण्डोको भाउ प्रतिकेजी १७ रुपैयाँ

काठमाडौं, ६ असार । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले तरकारी तथा फलफूलको मूल्यसूची सार्वजनिक गरेको छ । आज कालीमाटीमा तरकारी र फलफूलको भाउ प्रतिकेजी १७ रुपैयाँदेखि ४७५ रुपैयाँसम्म छ ।

आज सबैभन्दा सस्तो चिचिण्डो प्रतिकेजी १७ रुपैयाँ ५० पैसा रहेको छ भने सबैभन्दा महङ्गो किवि र आभाकाडो प्रतिकेजी ४७५ रुपैयाँको रहेको छ ।

हरियो अंगुरको औसत मूल्य प्रतिकेजी २२५ रुपैयाँ, अदुवा ६५ रुपैयाँ, अनार ३७५ रुपैयाँ, दसहरी र मालदह आँप ८५ रुपैयाँ छ । रातो आलु ४५ रुपैयाँ, भारतीय रातो आलु ३५ रुपैयाँ, मुडेको आलु ३७ रुपैयाँ ५० पैसा, सेतो आलु ३४ रुपैयाँ ५० पैसा, इमली १७० रुपैयाँ, स्थानीय काउली ५५ रुपैयाँ, लोकल काक्रो ५५ रुपैयाँ, कागती १६० रुपैयाँ, कुरीलो २७५ रुपैयाँ र हरियो अकबरे खुर्सानी २७५ रुपैयाँ रहेको छ ।

त्यस्तै, लोकल गाजर प्रतिकेजी ८५ रुपैयाँ, लोकल गाजर ११० रुपैयाँ, ठूलो नेपाली गोलभेडा ९५ रुखपैयाँ, टनेल गोलभेडा ३३ रुपैयाँ, लोकल सानो गोलभेडा २७ रुपैयाँ ५० पैसा, राजमा घिउ सिमी ८५ रुपैयाँ, घिरौला २५ रुपैयाँ, कन्य च्याउ २४० रुपैयाँ, डल्ले च्याउ ३२५ रुपैयाँ, झिगुनी २७ रुपैयाँ ५० पैसा, रहु माछा ३२० रुपैयाँ, तामा ११५ रुपैयाँ, तितो करेला ३० रुपैयाँ, तोरीको साग ४५ रुपैयाँ, परवर २९ रुपैयाँ, पालूगो साग ९५ रुपैयाँ, पुदीना २७५ रुपैयाँ, तने बोडी ४५ रुपैयाँ र ब्रोकाउली १६५ रुपैयाँ पर्नेछ ।

यो थोक मूल्य हो । बजारमा उपभोक्ताले यो भन्दा बढी मूल्य तिर्नुपर्ने बाध्यता छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖