मोरङमा एम्बुलेन्सको ठक्करबाट साइकलयात्रीको मृ’त्यु
मोरङ, १२ असार । बुढीगंगा गाउँपालिका–४ स्थित सडकमा को.१ च ४४१४ नम्बरको एम्बुलेन्सको ठक्करबाट साइकलयात्रीको मृ’त्यु भएको छ ।
मृ’त्यु हुनेमा सोही गाउँपालिका–४ बस्ने ६९ वर्षीय मंगल राम रहेका छन् । उनको शनिबार साँझ मृ’त्यु भएको हो ।
बाटो क्रस गर्दै गरेको अवस्थामा उक्त एम्बुलेन्सको ठक्करबाट ग’म्भीर घा’इते भएका उनको विराट मेडिकल कलेज गंगाचोकमा उपचारको क्रममा मृ’त्यु भएको हो ।
हाल फरार रहेका एम्बुलेन्स चालकको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


