खारिएको ब्यवसायिक अनुभव सुन्न बरबोटे ईलाम जाऔ

जीवनप्रसाद राई । एउटा भनाई छ नेपालमा मानिस धनी भए शहर पस्छ, अमेरिकामा धनी भए गाँउ पस्छ । तर ईलामको बरबोटेमा नरेन्द्र कुमार गुरुङ संसारभरका अनुभवहरु संलाग्दै आफ्नै पुर्खैली घरमा आएर बस्न थालेका छन । उनी उमेरले ठ्याक्कै ६५ बर्षका भए । विश्ब बैक, केयर नेपाल, प्लान ईन्टरनेशनल, एफएओ तथा जाईका जस्तो अन्तराष्ट्रिय संस्थाहरुमा लामो समयको अनुभव हासिल गरिसकेपछि जीवनको अवकाश प्राप्त उमेरमा गाँउमै कृषि पर्यटनको लागि नविन अभ्यासमा जुटेका छन गुरुङ । उनको यो आदम्य साहस नेपाल र नेपालीहरुका लागि ज्यादै महत्वपुर्ण रहेको छ । भनाई नै रहेको छ कुनै पनि ब्यवसाय शुरु गर्नका लागि उमेरले छेक्दैन । चाहे त्यो सानो उमेर होस वा पाको उमेर । एउटा अनुभवले खारिएको मानिसले यसरी पेशा र ब्यवसाय शुरु गर्दा अरु धेरै मानिसहरुका लागि त्यो उदाहरणीय बन्न सक्दछ ।

ईलाम जिल्लाको बरबोटे नेपालमा सर्बप्रथम कृषि पर्यटनको लागि सरकारी पहल भएको क्षेत्र हो । यहाँ तत्कालीन पर्यटन मन्त्री लोकेन्द्र बिष्ट मगरले २०६५ सालमा आएर होम स्टे घरबास र कृषि पर्यटनको नमुना चलाउने भनेर अधिकारी गाँउमा उद्घाटन गरेका थिए । तर त्यो घरबास कार्यक्रमले निरन्तरता पाउन सकेन । त्यस कार्यक्रमले निरन्तरता नपाए पनि जाईकाबाट २१ बर्ष लामो अनुभव संगालेका गुरुङले सन २०१६ मा जागिरबाट अवकास लिएर आफ्नै गाँउ ईलामको बरबोटेमा होम स्टे घरबास कार्यव्रmम संचालनमा ल्याए । यसको लागि उनले एटेच बाथरुम सहितको कोठाहरु निर्माण गरे । साथै कृषिमा उल्लेखनीय कार्यक्रमहरु संचालन गरिरहेका छन । यो घरबासमा उहाँका नेपालको बिभिन्न ठाँउका साथीहरु तथा संसारका बिभिन्न ठाँउका साथीहरु उहाँलाई खोज्दै आउने गरेका छन ।

नरेन्द्र कुमार गुरुङलाई किन खोज्दै जाने ?

सर्बप्रथम हाम्रो नेपालमा अनुभव किन सुन्ने र यो केको लागि आवश्यक छ थाहै पाउदैनौ । अनुभव खासमा कुनै पनि पेशा र ब्यवसायलाई अब्बल बनाउनका लागि अति आवश्यक पर्ने बिषय हो । तर हामी यही कुरा सुन्नलाई कन्जुसाई गर्दछौ । गुरुङको घरबासमा पुग्दा सर्बप्रथम उहाँको अमुल्य अनुभवहरु आदान प्रदान गर्ने अवसर पाउनेछौ । यसैगरि उहाँले गरिरहनु भएको बिभिन्न कृषिका कर्महरु प्रत्यक्ष आफ्नै आँखाले अवलोकन गर्न सक्नेछौ । नेपाली स्कुल तथा कलेजहरुमा अहिले कृषिको बारेमा पढाई हुदैन । जतिबेला स्कुलमा अनिवार्य कृषि पढ्नै पर्ने प्राबधान थियो । जब त्यो प्राबधान हटेपछि धेरै बिधार्थीहरु कृषिको सम्पर्कबाट बाहिरिए र कृषि के हो त्यो बुझ्नका लागि बन्चित भए । त्यसैले पनि ईलामको बरबोटे होम स्टेमा स्कुलका बिधार्थीहरु पुग्दा कृषिलाई नजिकबाट थाहा पाउन सक्दछन । बरबोटे भ्रमण सिकाई पनि भ्रमण पनि हुने क्षेत्र हो ।

गुरुङको घर र बारीमा पुग्दा धेरैलाई रमाईलो नहुने कुरै छैन । १ सय बर्ष पुरानो तथा आकर्षक वनावटको घरमा बास बस्न पाउनु निकै ऐतिहासिक हुनेछ । यसका साथमा २ सय रोपनी भन्दा बढीको चिया बगान हेर्न पाउनु अर्को भाग्यमानी ब्यक्तित्व हुन सकिनेछ । यतिमात्रै कहाँ हो र ? यो ठाँउमा चियाका साथमा कफीको ६० रोपनी नमुना खेती जहाँ ४ हजार भन्दा बढीको कफीको फलिरहेको बोटहरु देख्न सकिन्छ । यसका साथै यो ठाँउमा कृषिका तथा वनस्पतिका अनेकौ प्रकारका बोट बिरुवाहरु देख्न पाईन्छ । कृषि अध्ययन तथा शैक्षिक भ्रमणका लागि समेत यो ठाँउ ज्यादै उपयोगी छ यही कारणले गर्दा नै भ्रमण गर्नैपर्ने मध्येको बरबोटे एक हो ।

किन यस्ता ठाँउहरु प्रबर्धन गर्ने ?

संसारमा प्राय मुलुकहरुको आर्थिक बिकास र उन्नतिमा आन्तरिक पर्यटनको ज्यादै ठुलो महत्व अनि योगदान हुने गरेको छ । जस्तै चीनको बिकासमा, स्वीजरल्याण्डको बिकासमा, भारतको होस वा अमेरिकाको बिकासमा आन्तरिक भ्रमण तथा पर्यटनको निकै ठुलो योगदान रहेको देखिन्छ । यसैले गर्दा नै ईलामको बरबोटेमा स्थापना भएको गुरुङ घरबास कार्यक्रमहरुलाई सफल बनाईनु पर्दछ । यसको सफलता नेपाली समाजको सफलता हो । हामीले यसलाई सकेसम्म प्रर्बधन गर्दा आफ्नै बिकासका लागि प्रबर्धन गरेको मानिन्छ । ईलामको बरबोटे सफल मोडल हुने बित्तिकै नेपालको अर्को यस्तै प्रकारका थुप्रै होम स्टेहरु खुल्नेछन । धेरै अनुभवी ब्यक्तिहरु गाँउ गाँउमा गएर रोजगारी सिर्जनाका लागि खट्नेछन र उनीहरुले जिवनभर कमाएको रकमहरु पुँजी निर्माणका लागि लगानी हुनेछन । यसबाट धेरै नेपालीहरुलाई फाईदा हुनेछ । यसैले बरबोटे ईलाम जाऔ, अर्गानिक उत्पादन खाऔ र कृषि पर्यटनमा रमाऔ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।