साउदी अरबमा काम गर्दा अंगभंग भएका कृतबहादुर चन्दले एक रुपैयाँ पनि पाएनन्

सीपी लोहिया/बैतडी, १६ साउन । बैतडीको सुर्नया गाउँपालिका–१ हटैराजका कृतबहादुर चन्द २०७३ सालमा वैदेशिक रोजगारीका लागि साउदी अरब गए । पाइप कम्पनीमा अपरेटरको काम गर्न गएका उनलाई मजदुरको काममा लगाइयो । साथै उनलाई मासिक १८ सय साउदी अरबियन रियाल पारिश्रमिक हुने भनिए पनि १४ सय रियाल मात्रै दिइयो । यसबाहेक खान बस्नसमेत आफैंले व्यहोर्नु पर्दथ्यो । र पनि यही सुविधामा चित्त बुझाएका चन्दलाई आफ्नै गाउँलेले भने रातदिन दुःख दिइरहे ।

‘मेरै गाउँका मोहन चन्दले मलाई खाल्डोमा हाल्ने, पासोमा झुण्ड्याउनेदेखि करेन्ट लगाउनेसम्म यातना दिए । अन्तिममा काम गर्ने क्रममै मेरो हातका औँलाहरू काटिएपछि म घर फर्किएँ,’ उनले भने । ४६ वर्षीय चन्दका बायाँ हातका औलाहरू चल्दैनन् ।

काम गर्ने बेला मेसिनले थिचिएर औलाहरू काटिएको उनले बताए । आफू घाइते हुँदा बिमाबापतको रकम वा अन्य कुनै राहत नपाएको बताए ।
उनले भने, ‘म घाइते हुँदा नेपाली १५ लाख रकम पाइन्छ भन्ने सुनेको थिएँ । तर, एक रुपँयाँ पनि पाउन पाइँन ।’ आफूलाई झुक्याएर बिमाबापत पाउने रकम अरुले नै खाइदिएको हुन सक्ने उनको आशंका छ ।

‘म अनविज्ञ रहेको अरबी भाषामा केही कागजातहरू पनि बनाइए । त्यही कागजमा मलाई दस्तखत र औँँठाछाप गर्न भनियो । मैले जे भन्यो त्यही गरेँ । तर रकम भने पाइएन । मेरो रकम मलाई फसाउने मान्छेहरूले खाएको हुनसक्छ,’ उनले आशंका व्यक्त गरे ।

चन्दले साढे ३ वर्ष साउदी अरबमा काम गरेर पनि बिना पैसा घर फर्किन बाध्य भएको बताए । उनले भने, ‘मेरै गाउँलेले मलाई रातदिन सताउने, खान र सुत्न नदिने, मेरो घरका मान्छेहरूसँग मान्छेले झगडा गर्ने भएकाले कोरोना कहरका बेला जसोतसो ज्यान जोगाएर घर पुगेँ ।’

घर फर्किन ६० हजार रकम खर्च गरेको उनले बताए । गाउँकै नरेन्द्र चन्दले मेनपावर कम्पनीसँग गरिदिएको सम्पर्कका आधारमा एक लाख ५० हजार रकम खर्च गरेर वैदेशिक रोजगारीमा गएको उनले बताए ।

विदेशमा काम गर्दा घाइते भएका चन्दलाई बिमा रकम वा राहत रकम लिन कहाँ जाने के गर्ने भन्ने विषयमा जानकारी नै छैन ।

विदेशमा घाइते भएका व्यक्तिले योगदानमा आधारित सामाजिक सुरक्षा कोषमार्फत केही रकम प्राप्त गर्न सक्ने जिल्ला प्रशासन कार्यालय बैतडीका प्रशासकीय अधिकृत खगेन्द्र भारतीले बताए ।

उनले भने, ‘विदेशमा काम गर्दागर्दै घाइते भएकोमा बिमा लगायत कुनै राहत पाउने व्यवस्था हुनसक्छ । त्यसका लागि राजदूतावासमार्फत कारबाही प्रक्रिया थाल्न सकिन्छ । माग भएका कागजातहरू तयार गरेर रकम पाउन सकिनेछ ।’

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।