हस्तकलाबाट नाम र दाम कमाउँदै लोककुमारी

लमजुङ, ९ भदौ । मध्यनेपाल नगरपालिका-६, भोर्लेटारको सडक आडैमा छ लोककुमारी हस्तकला उद्योग । यस उद्योगकी सञ्चालक लोककुमारी गुरुङ दुरा दिनभरी यही उद्योगमा भेटिनि्छन् । उनी उद्योगमा आफै चर्खा चलाउँने, धागो उत्पादन गर्ने गर्छिन् । साथै, अल्लोको भाङ्ग्रा, जुहारी कोट र ऊनको पछ्यौरी आफै बनाउछिन् ।

उद्योगमा उनीसँगै अन्य नाै जना स्थानीय महिला पनि सीप सिक्दैछन् । उनीहरूलाई बाग्लुङकी प्रशिक्षक बीना पुनले हस्तकलाका सामान बनाउने सिप सिकाउँदैछिन् । सिप सिकेर उनीहरू पनि व्यावसायिक रुपमा विभिन्न हस्तकलाका सामान उत्पादनमा लाग्ने लोककुमारीकाे भनाइ छ ।

‘पहिले त हातमा सीप चाहियो । अहिले सिप सिक्दै छौँ,’ उनले भनिन्, ‘सिप सिकेपछि विभिन्न सामान बनाएर बेच्ने र यसैबाट आम्दानी गर्ने लक्ष्य छ ।’ फुर्सदको समय उपयोग गर्दै हस्तकलाका सामान बनाएर बिक्री गर्नसके मनग्य कमाउन सकिने उनी बताउँछिन् । उनले भनिन्, ‘त्यसैले मसँगै अन्य नाै जना दिदीबहिनी पनि सिप सिक्दै छन् । साथमा भाङ्ग्रा, जुहारी कोट र ऊनको पछ्यौरी बनाउँदैछन् ।’

पाँच लाख लगानीबाट उद्योग सुरु
१५ फागुन ०७५ मा पाँच लाख लगानीमा लोककुमारीले उद्योग सुरु गरेकी हुन् । सुरुमा एक सय केजी अल्लो, धागो उत्पादनका लागि १० वटा खुट्टे चर्खा र दुई वटा हातेचर्खा ल्याएर उद्योग अघि बढाएको उनले बताइन् ।

सुरुमा उद्योगमै प्रशिक्षक ल्याएर हस्तकलाका सामान बनाउने सिप सिकेकाे उनले बताइन् । सिप सिक्नका लागि उनीसँगै अन्य १४ जना स्थानीय महिला सहभागी थिए । स्थानीय महिलालाई सिप सिकाएर व्यावसायिक कर्ममा लागि आफूसँगै अन्य महिलाको आर्थिकस्तर माथि उकास्नका लागि उद्योग सुरु गरेको उनी बताउँछिन् । ‘गहना धितो राखेर पाँच लाख लगानीमा यो उद्योग सुरु गरेकी हुँ,’ उनले भनीन्, ‘उद्योगमा अहिले झण्डै १० लाख लगानी भइसकेको छ ।’

हस्तकलाका सामानको माग र मूल्य राम्रो
लोककुमारीका अनुसार बजारमा अल्लोको भाङ्ग्रा, जुहारी कोट र ऊनको पछ्यौरीको माग र मूल्य दुवै राम्रो छ । अबको ६ महिनाभित्रमा २-३ सय भाङ्ग्रा, जुहारी कोटका साथै झण्डै १२ सय ऊनको पछ्यौरी बनाएर बेच्ने आफ्नो लक्ष्य रहेको उनी बताउँछिन् ।

उत्पादित सामान भोर्लेटारसँगै लमजुङका विभिन्न ठाउँ, तनहुँको दमौली र पोखरामा बिक्री हुनेमा उनी बताउँछिन् । उद्योगको उत्पादन विदेशसम्म पुराउने उनको सपना छ । सिप सिक्ने, सिकाउने र आफूसँगै महिलालाई उद्यमी बनाउने काममा जुटेकी लोककुमारीलाई सासु, ससुरा, श्रीमानसँगै छोराछोरीको पनि साथ छ । ‘उद्योगलाई अघि बढाउन परिवारसँगै समुदायको पनि हौसला र साथ मिलेको छ,’ उनले भनिन्, ‘महिलालाई सिप सिकाउनुका साथै सिप सिकेका केही महिलालाई रोजगारी दिने लक्ष्य छ ।’

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।