मधेशी र पहाडेको साझा वन्यो दशै, दशहारा

विशाल बस्नेत/ महोत्तरी । “आयल लखपाँचे, लागल सब पावनि नाचे ।”

मधेशमा चाडपर्वको लहर नै हुन्छ । त्यसैले मधेशमा यो गीत अत्यन्त चर्चित छ । यतिवेला दशैको रौनक छ । मधेशमा भनिने गरिएको दशहारा र पहाडमा भनिने गरेको दशैको हुन त सम्मान विशेषता हो । तर मनाउने तौरतरिकाले मधेशमा अझ रमाइलो हुन्छ ।

पछिल्लो समय पहाडे र तराइ समुदायको बाक्लै अन्तरघुलनले मनाउने तरिकाहरुमा समेत साझापन देखिन थालेको छ । परिणामस्वरूप यसपालीको दशैमा पहाडे संस्कारअनुसार नै तराइका कयौ समुदायले मनाए ।

अझ पहाडे र मधेशी समुदायविच बढदै गएको वैवाहिक समबन्धले पर्वहरुको साटासाट हुँदै गएको जस्तो देखिन्छ । मधेशमा धुमधामका साथ मनाइने छठ पर्वमा पहाडे समुदायमा देखिएको आकर्षण र दशैमा मधेशमा देखिएको आकर्षण नै यस्को ज्वलन्त उदाहरण हो ।

“गाई के गोबरा मंगववले बानी, आँगना लिपवले बानी हो, उजरे उजरे पलङ दसववले बानी, आँगना रउवा आवे के परी… ।”

घटनास्थपना सुरु भएसगैं भोजपुरी महिलाले गाउने यो गीतले निक्कै आनन्द तुल्याउथ्यो । दशै र दशहाराका आफ्नै धार्मिक जनबिस्वासले पहाडे र मधेशीको पर्व उहीँ भएपनी मनाइने तरिका फरक थियो । तर आजकाल पहाडेहरुले यी गीतहरुमा आनन्द लिन्छ्न र राम्रा पक्षको ग्रहण गर्दै आएका छन । जस्ले भाइचारा, समबन्धमा यस्ता पर्वहरु फरक समुदायको लागी समेत महत्वपूर्ण कोशेढुङगा सावित वन्दै गएका छन ।

“तोरी जगमग जोति जगै काली, केहो चढावे धजा नारियल, केहो चढावे रुपैयाँ डाली… ।” मधेशी समुदायमा घन्कने यस्ता चर्चित गीतहरुले दशै वा दशहारा एउटै हो भन्ने प्रमाणित गरेको छ । दुष्टहरुलाइ परास्त गर्न कालीमाताले देखाएको साहसलाई आजका महिलाहरुका लागी अदम्य साहस, उर्जा र प्रेरणालाई जिवित राखेको छ ।

विजयादशमीको दिन बहुसंख्यक मधेशीहरुले पनि जमरा र टीका पाहाडेको जस्तैगरी लगाए । मान्यजनवाट टीका थाप्दा आसिर्वात लाग्ने धार्मिक बिस्वासले पनि मधेशी समुदायले हजुरवुवा,वुवा वा काका जस्ता मान्यजनवाट टीका थापेको देखियो ।

आफुहरुले बर्षौदेखी दशै मान्दै आएको वताउदै पत्रकार अजय साह जमारा र टीका लगाएर रमाइलो गरि मनाएको वताउछन । उनी टीका लगाउन ससुराली पनि गए कारण थियो उन्को श्रीमती पाहाडे समुदायकी हुन ।

त्यसो त श्रीमती पहाडे भएरमात्र हैन मधेशका आदिवासी समेत दशैमा जमरा, टीका लगाउने चलनप्रती निक्कै आकर्षक भएको पाइएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।