अन्नपूर्ण पदमार्गबाट फर्किन थाले पर्यटक

लमजुङ, २२ असोज । अन्नपूर्ण पदमार्गमा अलपत्र परेका पर्यटकहरु लमजुङतर्फ नै फर्किन थालेका छन् । मङ्गलबारदेखि निरन्तर वर्षा भएपछि मौसमी खराबका कारण गन्तव्यमा पुग्न नसकेका पर्यटकहरु बुधबारदेखि पुनः लमजुङतर्फ नै फर्किरहेका हुन् ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) पर्यटक जाँच केन्द्र धारापानीका पर्यटक सहायक क्षेत्रबहादुर गुरुङले भन्नुभयो, “वर्षा हुनु अघिसम्म दैनिक ८० भन्दा बढी पर्यटक यस पदमार्गबाट मनाङ जिल्ला हुँदै गन्तव्य पार गर्ने गरेका थिए । तर निरन्तर वर्षाका कारण पदमार्गसमेत बिग्रिन थालेको र मनाङको माथिल्लो भेगमा हिमपात हुन थालेपछि उनीहरु अन्नपूर्ण पदमार्गको प्रवेशद्वार लमजुङ बेँसीसहर नै फर्किन थालेका छन् ।” आज बिहान मात्र चामे गाउँपालिकामा अलपत्र ८५ पर्यटक फर्किएको उहाँले जानकारी दिनुभयो ।

त्यस्तै, बिहीबार एक सय ५० र बुधबार ४० जना पर्यटक फर्किएका थिए । त्यस्तै, पदमार्गमा जानका लागि लमजुङमा आइपुगेका पर्यटकहरु समेत बेँसीसहरमै रोकिएर बसेका छन् । लामो समयदेखि कोरोना र चिसोका कारण प्रभावित बनेको चक्रिय अन्नपूर्ण पदमार्गमा पर्यटकीय सिजनकै बेला यतिबेला फेरि व्यवसाय सुनसान हुन थालेका पर्यटन व्यवसायीहरुको भनाइ छ । पर्यटन व्यवसायी पञ्चबहादुर गुरुङले भन्नुभयो, “यतिबेला सास फेर्ने फुर्सद हुने थिएन तर वर्षाका कारण पर्यटक आगमनमा समस्या भएपछि व्यवसाय सुस्ताएको छ । दसैँ तिहारका बेलामा पर्यटकहरु बढी पदमार्गमा आउने गर्दछन् । पर्यटकहरु हिमाली, पहाडका दृश्य, उच्च पहाड, मनाङवासीको रीति रिवाज, प्राकृतिक सुन्दरता हेर्नलाई साथै मनाङबाट थुम्रापास गरी मुस्ताङ कोही पोखरा जानका लागि अन्नपूर्ण पदमार्गमा पर्यटकहरु आउने गर्छन् ।”

अहिले मनाङका खर्क अनि घाँसेमैदान हरियो हुने तथा फापर र उवा फुलेको दृश्यले पर्यटकलाई आकर्षित गर्ने गर्दछ । पर्यटक विशेष गरी थोराङपास, लार्केपास र कालापास गर्ने गर्दछन् भने, केही पर्यटक विश्वको अग्लो स्थानमा रहेको तिलिचो ताल हेर्न जाने गरेका छन् । अन्नपूर्ण पदमार्गको प्रवेशद्वार लमजुङ बेँसीसहर नगरपालिकामा पर्दछ । अन्नपूर्ण पदमार्गमा लमजुङ, मनाङ, कास्की, मुस्ताङ र म्याग्दी गरी पाँचवटा जिल्ला जोडिएको छ । (रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।