बस्तीमा बाढी पस्यो, सडकको बास

कैलाली, २२ असोज । कैलालीमा केही दिनदेखिको लगातारको वर्षाका कारण घर डुबानमा परेपछि बाढीपीडित हुलाकी सडकमा टहरा निर्माण गरी बसेका छन् । भजनी नगरपालिका–८ का दुई सय ५० घरधुरीका अन्दाजी छ सय जना अहिले हुलाकी सडकमा अस्थायी बसोबासका लागि टहरा निर्माण गरी बसोबास गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिनुभयो ।

उहाँका अनुसार भजनी नगरपालिका–३ का ७० घर धुरीका अन्दाजी दुई सय ५० जना सोही नगरपालिकास्थित रहेको राष्ट्रिय माध्यामिक विद्यालय ढुसीमा र वडा नं ३ का १५ घरधुरीका अन्दाजी ६० जना मानिस हुलाकी सडकखण्डको किनारमा त्रिपाल रोकी बसेका छन् ।

अविरल वर्षाका कारण कान्द्रा र मोहना नदीमा आएको बाढी कारण भजनी नगरपालिकाका विभिन्न बस्ती डुबानमा परेका हुन् । वर्षाले भजनी नगरपालिकाको वडा नं ३, २, ७ र ८ का पल्टापुर, मोहनपुर तिनघरुवा, शिविर टोल, खल्ला टोल र पाण्डे टोललगायतका बस्तीमा बाढी पस्दा घर डुबानमा परेका छन् ।(रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।