विपद्को बेला कालोबजारी : सामान पुरानो, मूल्य नयाँ

दिलमाया शाही/जुम्ला, २ कात्तिक । विपद्को कारण देखाउँदै जुम्ला बजारमा कालोबजारी बढेको छ । खाद्य वस्तुमा अत्यधिक मूल्यवृद्धि भएको उपभोक्ताले गुनासो गरेका छन् ।

कर्णाली राजमार्ग खुलेको छैन । जुम्ला बजारमा आएको समान पहिलेको मूल्यमा ल्याइएको हो । जुम्लाका व्यापारीले सामान पुरानो भए पनि मूल्य बढाएर बेच्नेगरेको स्थानीय ददि नेपालीले बताए । उनले भने, ‘यसअघि खानेतेलको पेटी २२ सय थियो । कर्णाली राजमार्ग बन्द भएदेखि २६ सय देखी २८ सय लिन थालेका छन् ।’

खाद्य वस्तु तथा खुद्रा सामग्रीमा मनपरी मूल्य लिने गरेको उनको गुनासो छ । नेपालीका अनुसार पहिले ल्याएको सामानको एकाएक मूल्य बढाइको छ । यसको लागी सरोकारवाला निकाय मौन छन् । जुम्लाका व्यापारीले यतिवेला विपद्को नाममा कालोबजारी गर्दै आएका छन् ।

नागरिकको ढाड सेक्ने गरी कालोबजारी भएको स्थानीय धनकृष्ण रावतले बताए । उनले भने, ‘ग्यासको पनि मूल्य एक्कासी बढेको छ । यसअघि २ दुई हजार दुई सय ५० रुपैयाँ थियो । अहिले न्यूनतम २८ सयदेखि ३ हजारसम्म लिने गरेका छन् ।’ डिजलको मूल्य पनि ३ सय लिटर पुगेको छ । खाने तेल, चिनी, चामल दाललगायतका दैनिक उपभोग्य वस्तुको मूल्यमा वृद्धि भएपछि जुम्लाका नागरिक मर्कामा परेका छन् ।

विपद्‍मा कालोबजारी गर्दासमेत नियमन गर्ने निकाय मौन छन् । ठूला डिलरले बढी मूल्य लिने गरेकाले साना तथा खुद्रा व्यापारीले महँगोमा सामान बेच्ने गरेको बताएका छन् ।

त्यस्तै कृत्रिम अभाव सिर्जना गरी कालोबजारी गर्नेलाई कानुनी कारबाही गर्नु पर्ने नागरिक समाजका अध्यक्ष राजबहादुर महतले बताए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।