माटोका भाँडा किन्नेको भीड

राजविराज, ३ कात्तिक । सप्तरीको राजविराजस्थित हटियामा लक्षमीपूजा अर्थात् दिपावलीको अवसर पारेर बजारमा माटोका दियासहितका भाँडा किन्नेको दैनिक भीण्ड लाग्ने गर्दछ ।

लक्ष्मी पूजा नजिकिँएसँगै बजारमा माटोका भाँडादेखि विभिन्न पूजाका सामग्री किन्नेको चहलपहलसमेत बढेको देखिन्छ । कुमाल जातीले बनाउने माटोका मूर्ति, सरसामान अति नै शुद्ध हुने भएकाले यसको बिक्रिवितरणमा वृद्धि भएको जनाइएको छ । पूजापाठमा माटोद्वारा निर्मित सामान प्रयोग गरिँदै आइरहेका हुनाले माटोका भाँडा लक्ष्मीपूजामा प्रयोग गर्नेको सङ्ख्या यतिखेर बढेको कुमाल रामकुमार पण्डितले बताउनुभयो ।

चार्डपर्व नजकिँदै गर्दा ठाउँ÷ठाउँमा माटोको भाँडा, फलफूल, विभिन्न मूर्तिका सामान र माटोको भाँडामा ढकनी, दीप, घैँलो लगायतका खरिदबिक्री भइरहेको व्यापारी बताउँछन् । साथै नयाँ भाँडा चोखो भएको हुनाले पनि त्यसको पनि बिक्री भइरहेको छ । जिल्लाको भारदह, कञ्चनपुर, हनुमाननगर, रुपनी, बोदेबरसाइन् लगायतका विभिन्न ग्रामीण भेगका बजारमा पनि सुनदेखि नून सम्मको सामान मानिस किनमेल गरिरहेको पाइएको छ ।

यही कात्तिक ७ गते सोमबार हुने दिपावलीका लागि सजावटको समानसहित दिप, मैनवती अगरबती, लड्डू र प्रसादका समानसमेत खरिदबिक्री बढेको सप्तरीको हनुमानगर कंकालिनी नगरपालिका–१ भारदहका मिठाइ व्यवसायी जुगेश्वर साहले बताउनुभयो । शनिबारदेखि सुरु हुने हिन्दूको चार्डपर्व तिहारको लक्ष्मीपुजा (दिपावली) गाईपूजा, भरदुतीया, सूर्य देवतालाई अर्घ दिएर पूजा गरी तराई–मधेसका जिल्लामा छठपर्व मनाइने गरिन्छ । (रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।