कुम्भकार माटोको भाडा बनाउन र बिक्रीमा व्यस्त

इनरुवा, ५ कात्तिक । एक बिहानै भएपछि सुनसरी सदरमुकाम इनरुवा–२ मा रहेका कुम्भकारहरु कोही माटो मुछ्न त कोही माटोको भाँडा बनाउन व्यस्त हुन्छन् । उनीहरु सबैको उद्देश्य एउटै छ, चाडपर्वका बेला सबैलाई माटोको भाडा सहज रुपमा पु¥याउने ।

सदरमुकाम इनरुवा, लौकही, हरिपुर लगायतका स्थानमा रहेका कुम्भकारले स्थानीयको चाडपर्व सहज बनाउने उद्देश्यले माटोको भाँडा बनाउने काममा व्यस्त बनेको स्थानीय श्रीप्रसाद पण्डितले बताउनुभयो । कुम्भकार समुदायले दीपावली तथा छठ पर्वलाई लक्षित गरी माटोको घैला, दियोसहितका विभिन्न किसिमका भाँडाकँुडा बनाउने र बिक्री गर्ने काममा व्यस्त बनेको पाइएको छ ।

भाँडो बनाउन काँचो कुमाले माटोको प्रयोग हुने गरेकाले दुई हप्ताअगाडि देखि नै माटोको जोहो गर्ने गरिन्छ । एक महिनाअगाडि सम्म विभिन्न समस्याका कारण माटो ल्याउन नसक्दा भाँडो बनाउनमा ढिलो हुने भएकाले अहिलेदेखि नै भाँडा बनाउने काममा लागेको स्थानीय देवनारायण पण्डितको भनाइ छ ।

नजिकमा माटो नपाइने भएकाले टाढाबाट माटो खरिद गरी ल्याउनुपर्ने बाध्यता रहेकाले हतारमा काम गर्नुपर्दा उनीहरुको दिनचर्या व्यस्त बनेको छ । दीपावली तथा छठ पर्वमा दियो, चौमुखे दियो, कलश लगायतका सामग्रीको अत्यधिक माग हुने भएकाले आफूहरु सामान बनाउने काममा लागेको स्थानीय सियाराम पण्डितको भनाइ छ ।

पण्डित अर्थात् कुम्भकार समुदायका अधिकांश व्यक्तिको रोजीरोटी माटोसँग सम्बन्धित भाँडाकुँडा बनाउने रहेकाले सो कार्यमा व्यस्त बन्ने गर्छन् । पर्वलाई उल्लासमय बनाउन सहयोग गर्ने उद्देश्यले काम केही दिनअगाडि देखि नै गरे पनि निकै चुनौतीसमेत रहेको कुम्भकार समुदायको नेता ज्ञानदेव पण्डितले बताउनुभयो ।

प्रजापति समुदायका व्यक्तिले हात तथा मेसिनबाट भाँडो बनाई गाउँघरदेखि सहरसम्म बेच्न लान्छन् । उनीहरुको पेसालाई सरकारी पक्षले संरक्षण गर्नका लागि ध्यान दिनु जरुरी रहेको इनरुवाका सरोकारवालाहरुले बताएका छन् ।

कोरोना महामारीका कारणले विगतका वर्षमा माटोको भाँडाको कारोबार कम भएको थियो । यसपटक माटोको कारोबारमा वृद्धि भए पनि बजारमा आएका विभिन्न किसिमको प्लास्टिक तथा विद्युत्को सामग्रीले झन् समस्या र चुनौती थपिँदै गएको कुम्भकार समुदायको भनाइ छ । (रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।