‘देउसी–भैलीमा न मौलिकता छ, न सिर्जना नै’

कर्णाली, १० कात्तिक । हिन्दू धर्मावलम्बीको दोस्रो महान् पर्व तिहार (दीपावली)मा खेलिने देउसीभैली मानव संस्कृति, सभ्यता र समाजको वास्तविक चित्रसँग अन्तरसम्बन्ध राख्दछ । यसले नेपाली हिन्दू समाजको संस्कृति बोल्छ, मौलिकताका गीत गाउँछ र आफ्नोपन सबैमाझ भिज्ने गरी प्रकट गर्दछ ।

यो मनोरञ्जन मात्र होइन, परम्परा, संस्कृति र इतिहास हो । यद्यपि पछिल्ला वर्षहरूमा मनाइने देउसीभैली संस्कृतिले भने आधुनिकताका नाममा मौलिकतामाथि हमला गरेको पाइन्छ । सांस्कृतिक इतिहासलाई भन्दा आधुनिक परिवेशलाई अवलम्बन गरेको पछिल्लो पुस्ताले भड्किलो र अराजक शैलीबाट देउसीभैली खेलेको देखिन्छ ।

हिमाली जिल्लामा यसअघिका देउसीभैलीमा मादल, बाँसुरी, खैंजडी, घुघुरालगायतका बाजा प्रयोग गरिन्थ्यो । यमराज र बहिनी यमुनासँग जोडिएको इतिहास भट्याइन्थ्यो । विडम्बना ! अचेल खेलिँदै आएको देउसीभैलीमा भैलेराहरू डिजेगीत सङ्गीतमै झुम्मिएको पाइन्छ । देउसीमा ¥याप, पपजस्ता गीत गाइनुले सिर्जना फिटिक्कै देखिँदैन ।

एक दशकअघि हरेकलाई हेरौँ हेरौँ लाग्ने देउसीभैली आज सुन्दा बुझ्न र पचाउन गाह्रो हुँदै गएको कर्णालीका संस्कृतिसम्बन्धी जानकार रमानन्द आचार्यले बताउनुभयो । हरेक संस्कृतिले आफ्नै सभ्यता र मौलिकता बोकेको हुन्छ”, आचार्यले भन्नुभयो, “त्यसको जगेर्ना, संरक्षण र संवद्र्धन गर्ने दायित्व पछिल्लो पुस्ताको हुन्छ ।”

विभिन्न सांस्कृतिक चाडपर्व, शुभसाइत, शुभ दिन, शुभमुहूर्तमा प्रकट हुने हाम्रो संस्कृति र मौलिक परम्परा आधुनिक जीवनशैलीका कारण हराउँदै जानु चिन्ताको विषय बनेको उहाँले बताउनुभयो । परिवर्तनका नाममा अनुशासनहीन गतिविधिलाई नियन्त्रण गरेर सांस्कृतिक तथा मौलिक सम्पदालाई बचाउन सकिएमा मात्र हाम्रो पहिचान र अस्तित्व कायम हुने जानकार आचार्यको भनाइ छ ।

अहिलेको पुस्ताले पुर्खाको विरासतलाई बचाउनेभन्दा ध्वस्त पार्ने काम गरेको जुम्लाको तिला गाउँपालिका–४ की ९९ वर्षीया कालु शाहीले बताउनुभयो । ज्येष्ठ महिला शाहीले भन्नुभयो, “हामी कहाँ १०–१५ वर्ष अघिसम्म यस्तो देउसीभैली खेल्ने संस्कृति देखिँदैनथ्यो । त्यसपछि मात्र खेल्ने हाम्रा भाइ छोराहरूको देउसीभैली राम्रो लागेर हामी पनि मिसिन्थ्यौँ ।”

आजभोलिको देउसीभैली हेर्दा त निकै छाडाजस्तो लाग्ने गरेको उहाँले बताउनुभयो । शाहीका अनुसार अचेलको भैलीमा ती छोरा–छोरी (केटाकेटी)मा एकातिर अनुशासन देख्न पाइँदैन भने अर्कातिर गीत पनि भाका, लय र शैली नमिलेको अनि कुराको शैलीमा गीत गाउने गरेको पाइन्छ । नाच झनै उत्ताउलो किसिमको हेर्न नसकिने भएको उहाँले प्रतिक्रिया दिनुभयो ।

सोही वडाका ८० वर्षीय वीरबहादुर सिंहका अनुसार बनिबनाउ गीत गाउने आजको पुस्ताले आफ्नो सिर्जना रत्ति पनि प्रस्तुत गर्न नसकेको तर्क गर्नुभयो । “नयाँ पुस्ताले देउसीभैलीमा न आफ्नो संस्कृति पछ्याएको छ न त आफ्नो सिर्जना नै पस्कन सकेको छ”, उहाँले भन्नुभयो, “यसले आजको पुस्तालाई गीत, सङ्गीत र सिर्जनामा समेत परनिर्भर बनाएको छ ।”

फेरिँदै गएको देउसीभैलीले हाम्रो नेपालीपनलाई आयातित संस्कृतिमा रुपान्तरण गरेको उहाँको बुझाइ छ । मुलतः संस्कृति तथा मौलिकताको संरक्षण, सभ्यताको उजागर र सिर्जना शक्तिमा जोड दिने संयन्त्रको निर्माण गर्नुपर्नेमा संस्कृतिसम्बन्धी जानकारहरूले गम्भीर चासो व्यक्त गर्दै आएका छन् ।(रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।