दिउँसो व्यापार, साँझ र बिहान चुनावी प्रचारप्रसार

राजेन्द्रप्रसाद पनेरु/कञ्चनपुर, १० कात्तिक (रासस) : कञ्चनपुर शुक्लाफाँटा नगरपालिका–९ सिसैयाका भरतबहादुर रावल राजनीतिमा होमिएका लामो समय भइसकेको छ । राजनीतिसँगै व्यापारमा पनि उत्तिकै सक्रिय रावलको दैनिकी चुनाव नजिकिएपछि भने फेरिएको छ ।

हरेक दिन बिहान र साँझ चुनावी प्रचारप्रसारमा व्यस्त रहने उहाँ दिउँसो भने व्यापार सम्हाल्नुहुन्छ । रावलले पछिल्लो एक दशकदेखि व्यापार र राजनीतिलाई एकै साथ अगाडि बढाइरहनु भएको छ ।

आगामी मङ्सिर ४ मा हुन लागेको प्रदेशसभाको निर्वाचनमा नेपाल मजदुर किसान पार्टीकातर्फबाट कञ्चनपुरको निर्वाचन क्षेत्र नम्बर २ ९१० बाट उम्मेदवार हुनुहुन्छ ।

रावलको जीवन जति सामान्य छ त्यति नै सामान्य उहाँको चुनावी प्रचारप्रसार शैली पनि छ । उहाँ एक्लै मोटरसाइकलमा चुनाव चिह्न अङ्कित झण्डा फहराउँदै बस्ती–बस्तीमा पुग्नुहुन्छ । प्रत्येक घरमा चुनावी मुद्दा सुनाउँदै मत माग्नुहुन्छ ।

“चुनाव आयो भन्दैमा व्यापार नगर्ने हो भने घर चलाउनै गाह्रो हुन्छ”, रावलले भन्नुभयो, “यही व्यापार चलेकै कारण परिवारको खर्च धान्न पुगेको छ ।”

“मसँग चुनावमा खर्च गर्ने धेरै पुँजी छैन र पार्टीको नीति पनि त्यस्तो होइन”, रावलले भन्नुभयो, “मोटरसाइकलको इन्धनको पैसा आफै जोहो गरेको छु भने पर्चा छपाइमा पार्टीले खर्च गरेको छ ।”

वर्षौदेखि सामान्य व्यापारमा संलग्न उहाँ राजनीतिमार्फत् गरिबी न्यूनीकरण गर्न सकिनेमा विश्वस्त हुनुहुन्छ ।

“म आफै पनि निकै सङ्घर्ष गरेकाले गरिबी बुझेको छु, जीवनमा आइपर्ने पीडा पनि भोगेको छु”, उहाँले भन्नुभयो, “मैले पाएको दुःख अरुले नपाउन् भन्ने इच्छा भएकाले राजनीतिमा होमिएको हुँ ।”

रावलका प्रतिस्पर्धीमा नेपकपा ९माओवादी केन्द्र०का ओमबिक्रम भाट, नेकपा ९एमाले०का बचनबहादुर सिंह, राष्ट्रिय प्रजातन्त्र पार्टीका चन्द्रकान्त भण्डारी, लोसपा ९नेपाल०का जगन्नाथ केसी, नागरिक उन्मुक्ति पार्टीका गीता चौधरी र स्वतन्त्र उम्मेदवार टेकबहादुर हमाल हुनुहुन्छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।