चुनाव कुरिरहेकाे भक्तपुर-नगरकोट सडक : नाै वर्षदेखि अलपत्र, बल्ल बाेले उम्मेदवार

भक्तपुर, १७ कात्तिक । प्रतिनिधसभा र प्रदेशसभा निर्वाचनकाे दिन नजिकिएसँगै भक्तपुरबाट उम्मेदवारी दिएका नेताहरू स्थानीयकाे घर आँगनमा भेटिन थालेका छन् । मतदाताकाे समस्यामा समेत स्वर मिलाउन थालेका छन् । वर्षाैदेखि अलपत्र रहेको भक्तपुर-नगरकोट सडक छिटो निर्माण गर्न स्थानीयले पटक पटक आग्रह गर्दा समेत वास्ता नगरेका दलका उम्मेदवारहरू अहिले आफै दबाबमूलक कार्यक्रमहरूकाे नेतृत्व गरीरहेका छन् ।

यही क्रममा बुधबार उनीहरूले भक्तपुर-नगरकोट सडक निर्माण छिटाे सक्न आयाेजित आन्दोलनमा ऐक्यबद्धता जनाए । उनीहरूले बिहान दुई घण्टा सडक अवरुद्ध समेत गरे । नगरकोट नाल्दुम पर्यटन विकास समितिको अगुवाईमा भएको कार्यक्रममा सबै राजनीतिक दल र तिनका उम्मेदवारलाई निमन्त्रणा गरिएको थियो ।

सता गठबन्धनमा भक्तपुर-१ का उम्मेदवार सुनिल गोठे, एमालेकोका उम्मेदबार नवराज गेलाललगायत सहभागी थिए । साथै, चाँगुनारायण नगरपालिकाको मेयर जीवन खत्री समेत सहभागी थिए ।

भक्तपुर-नगरकोट सडक अलपत्र भएको करिब नौ वर्ष भयाे । यसबीचमा आन्दोलनमा सहभागी कुनै पनि राजनीतिक दलले सडक नबनाएकाेमा विरोध गरेको थिएनन् । तर, नेपाल मजदुर किसान पार्टी (नेमकिपा) र त्यसका उम्मेदवारहरूले भने विराेध जनाउँदै आएका थिए । उसले काम नगर्ने देशैभरिका ठेकेदारसँग ठेक्का तोड्ने घोषणापत्रमा उल्लेख गरेकाे छ ।

सडक विस्तार पूरा नहुँंदा नगरकोटको पर्यटन व्यवसाय अस्तव्यस्त रहँदै आएको छ । ‘एक्जिम बैंक इन्डिया’को ऋण सहयोगमा शैलुङ र एआईपीएल जेभीले कात्तिक ०७३ मा काम सक्ने गरी २२ जेठ ०७१ मा सडक विस्तारकाे सम्झौता गरेको थियो । सडक विस्तारको ठेक्का लिएको ठेकेदार कम्पनीले सातौं पटक म्याद थपेर समेत अझै काम सकेको छैन ।

आयोजनाका अनुसार एक्जिम बैंक इन्डियाबाट ठेक्का सहमति प्राप्त प्रक्रियागत ढिलाई भन्दै पहिलोपल्ट २० अक्टाेबर ०१६ सम्म काम सक्ने गरी एक सय २५ दिन म्याद थप भयो । दोस्रोपल्ट भूकम्पको बाहानामा ४ नोभेम्बर ०१७ सम्म तीन सय ८० दिन, तेस्रो पटक सडकमा रहेको भौतिक संरचना स्थानान्तरण र रुख कटानमा ढिलाइ, स्थानीयको अवरोध, स्थानीय चुनावलगायत कारण देखाउँदै १३ जुन ०१८ मा सक्ने गरी दुई २१ दिन म्याद थप भएको थियो ।

यसअघि सोमबार पनि सडक विस्तारको नाममा ठेकेदारले आठ वर्षदेखि सडक अलपत्र पारेको भन्दै स्थानीय पर्यटन व्यवसायीले माटो थुपारेर सडक अवरुद्ध गरेका थिए । सडक विस्तार ढिलाइले पर्यटन व्यवसायी धरासायी बनेको र सडक थप जीर्ण भएको भन्दै स्थानीय बासिन्दाले माटो थुपारेर सडक अवरुद्ध गरेका थिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।