समाजसेवी खड्का द्वारा केयर बाल गृहलाइ आर्थिक सहयोग
काठमाडौं । अमेरिकाको कनेक्टिकट राज्यमा ब्यापार, ब्यबसाय गर्दै आएका बरिष्ठ समाजसेवी अर्जुन खड्का द्वारा काठमाडौं कपनमा रहेको केयर बाल गृहलाइ रु. १५,१००/- (पन्ध्र हजार एकसय) आर्थिक सहयोग गरेका छन्। लामो समय देखि अमेरिकामा ब्यबसाय गर्दै आएका समाजसेवी खड्का समाजसेवामा सक्रिय व्यक्तित्वको रुपमा परिचित छन्।
नेपाल र नेपालीहरुको हरेक सुख दु:खमा साथ दिदै आएका अर्जुन खड्काले बाडिपिडित, भुकम्प देखि कोभिडको समयमा समेत सामाजिक कार्यमा अग्रणी भूमिका निर्बाह गर्दै पिडित नेपालीहरुको दु:खमा मल्हम भर्ने कार्य गर्दै आएका छन्। शिक्षा बाट बन्चित धेरै अनाथ बालबालिकाहरुलाई शिक्षाको अवसर प्रदान गर्दै आएका अर्जुन खड्का विभिन्न अनाथ आश्रम, बृद आश्रममा पुगेर आर्थिक, खाद्यन्न तथा दैनिक उपभोग्य सामाग्रीहरु वितरण गर्दै आएका छन्।
केयर बाल गृहलाइ आर्थिक सहयोग हस्तान्तरण कार्यक्रममा राजनीतिक विश्लेषक डा. सुरेन्द्र केसी, गीतकार, साहित्यकार तथा चलचित्र निर्मात्री अनु शाह, समाजसेवी प्रजुन खड्काको समेत उपस्थिति रहेको थियो। उक्त अबसरमा केयर बाल गृहकी संचालीका पुष्पा अधिकारि र राजनीतिक विश्लेषक, समाजसेवी डा. सुरेन्द्र केसीले बरिष्ठ समाजसेवी अर्जुन खड्काले समाजसेवामा पुर्याउनु भएको योगदानको खुलेर प्रसंसा गरेका थिए।
“चुनावको मात्रै कुरा सुन्दा भोट खसाल्न आतुर छु” ः नयाँ मतदाता
दोधारा चाँदनी, २६ कात्तिक (रासस) ः कञ्चनपुरको बेदकोट नगरपालिका–९ का सरला पन्त आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा पहिलो पटक मतदान गर्ने तयारीमा हुनुन्छ । जीवनमा पहिलो पटक मतदान प्रक्रियामा सहभागी बन्न पाउँदा आफूलाई धेरै उत्सुकता जागेको उहाँले बताउनुभयो । “पहिलो पटक भोट हाल्दै छु कस्तो होला के होला भनेर उत्सुकता जागेको छ”, उहाँले भन्नुभयो, “जताततै चुनावको मात्रै कुराकानी सुन्दा भोट खसाल्न आतुर छु ।”
उहाँले आफूले पहिलो पटक गरेको मतदान खेर नजाओस् भन्ने अपेक्षा गरेको बताउनुभयो । गाउँमा गुणस्तरीय शिक्षा, युवालाई रोजगारीको सिर्जना हुनेगरी काम गर्नसक्ने र जनताको समस्या समाधानका लागि पहल गर्ने उम्मेदवारलाई मतदान गर्ने उहाँले बताउनुभयो । “हाम्रो देशमा रोजगारीको धेरै समस्या छ, मुख्य कुरा रोजगारीको अन्त्य हुनुपर्छ”, उहाँले भन्नुभयो, “विकास गर्ने भिजन भएको, सक्षम र इमान्दार उम्मेदवारलाई मतदान गर्छु ।”
त्यसैगरी बेदकोट नगरपालिका–७ का राजेश भट्ट पनि पहिलो पटक मतदान प्रक्रियामा सहभागी हुँदै हुनुहुन्छ । उहाँले पनि मतदान गर्न उत्सुकता जागेको बताउनुभयो । “पहिलो पटक मतदान गर्न पाउँदा खुसी छु, मतदान गर्न आतुर पनि छु”, उहाँले भन्नुभयो, “भ्रष्टाचार नगर्ने, जनताका पक्षमा काम गर्ने उम्मेदवारलाई भोट दिन्छु ।” उहाँले मत माग्न घरमा आउने उम्मेदवारले विकासका काम गर्ने आश्वासन दिएको बताउनुभयो । “घरमा सबै पार्टीका उम्मेदवार आएका छन् विकास गर्छौँ, भोट दिनुस् भन्छन”, उहाँले भन्नुभयो, “उम्मेदवारहरुले गर्छु भनेका काम पूरा गर्छन् होला भन्ने लागेको छ ।”
भीमदत्त नगरपालिका–१८ का धीरज जोशी पनि मत हाल्न आतुर हुनुहुन्छ । तर गाउँमा चोक चौतारोमा सुनिने नेताहरुप्रतिका नराम्रा टिप्पणीले भने नेताहरु आश्वासन मात्रै दिने हुन कि भन्ने भय रहेको उहाँले बताउनुभयो । “नेताहरुको मात्रै विकास हुनु भएन जनताको पनि विकास हुनुपर्छ”, उहाँले भन्नुभयो, “आफूले सोचेजस्तो विकल्प नभए पनि राम्रो सक्षम उम्मेदवारलाई भोट हाल्छु ।” उहाँले मतदान सबैभन्दा ठूलो दान भएकाले उम्मेदवारले यसको सदुपयोग गर्नुपर्ने बताउनुभयो ।
नयाँ मतदाता मात्रै होइन पुराना मतदाता पनि मतदान गर्न आतुर छन् । बेदकोट नगरपालिका–७ का देवकी पन्त आउँदो मङ्सिर ४ मा चौथो पटक मतदान गर्दै हुनुहुन्छ । “अघिल्लो निर्वाचनमा मत दिएकाले राम्रो काम गर्न सकेनन् यसपटक मत परिवर्तन गर्छु”, उहाँले भन्नुभयो, “हाम्रो क्षेत्रको विकास गर्नसक्ने उम्मेदवारलाई मत दिन्छु ।” चुनावी मिति नजिकिर्दै गर्दा निर्वाचन आयागले तयारी अन्तिम चरणमा पुगाएको छ । उम्मेदवार मतदाता रिझाउन अन्तिम कसरतमा लागेका छन् ।


