दमकमा फोहरबाट उत्पादित ग्यास प्रयोग गरिँदै

गौरादह, १ पुस (रासस) ःदमक नगरपालिकामा जैविक फोहरबाट उत्पादित ग्यास प्रयोग गरिने भएको छ । यसका लागि नगरपालिकाले जग्गा व्यवस्थापन समेत गरेको छ ।

दमक–२ मा सञ्चालित ग्यास प्लान्टबाट उत्पादन हुने ग्यासलाई ‘रिफिल’ गर्नका लागि दमक– ८ मा ‘रिफिल सेन्टर’ स्थापना हुने भएको हो । नगरपालिकाको कार्यपालिका बैठकले दमक ८ स्थित सरस्वती माविको जग्गामा ‘रिफिल स्टेसन’ बनाउने निर्णय थियो । यसका लागि जग्गा उपलब्ध गराउने निर्णय पनि भएको छ ।

नगरपालिकाले गत कात्तिक १९ गते रिफिलिङ सेन्टरका लागि जग्गा खोजी गर्न वडाध्यक्ष टेकबहादुर थापाको संयोजकत्वमा समिति बनाएको थियो । सोही समितिको प्रतिवेदनअनुसार रिफिल सन्टर बनाउन जग्गा दिने निर्णय गरिएको हो । उत्पादित ग्यास खेर गइरहेको भनेर नेक्स्टइरा इनर्जी प्रालि र रोहन ट्रेडर्सले नगरपालिकासमक्ष जग्गा उपलब्ध गराइदिन माग गरेको थियो ।

दमकमा नमूनाको रूपमा रहेको फोहरबाट ऊर्जा उत्पादनको परियोजनाबाट ग्यास उत्पादन भए पनि अहिले यसलाई त्यसै डढाएर फ्याँक्ने गरिएको छ । दमक तथा आसपासका क्षेत्रमा कुद्ने सिटी सफारीलगायतका हलुका सवारी साधनलाई ग्यासबाट चल्ने बनाएर रिफिल गर्न सकिने छ । नेक्स्टइरा इनर्जी प्रालिका प्रबन्ध सञ्चालक विमल खतिवडाले यस परियोजनाअन्तर्गत दैनिक एक हजार ८४ केजी ग्यास उत्पादन गर्न सकिने अवस्था रहेको बताउनुभयो । दमकमा उत्पादित फोेरबाट ऊर्जा अर्थात् ग्यास उत्पादन गरेर कम्तीमा १५ सय परिवारलाई पाइपलाइनमार्फत वितरण गर्ने उद्देश्य राखिएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।