आ’गलागीबाट विस्थापितलाई राहत प्रदान

खोटाङ, १२ पुस  । खोटाङको ऐसेलुखर्क गाउँपालिकाले आ’गलागीबाट विस्थापित परिवारलाई राहत प्रदान गरेको छ ।

पुस १० गते भएको आ’गलागीबाट विस्थापित भएका ऐसेलुखर्क गाउँपालिका–२ बाकाचोल बिस्कामका मंगलधन तामाङको परिवारलाई गाउँपालिकाले राहत प्रदान गरेको हो । विस्थापित परिवारलाई गाउँपालिकाले गाउँपालिकाको विपद कोषबाट नगद २० हजार, खाद्यान्न र भाँडाकुँडा प्रदान गरेको हो । 

गाउँपालिका अध्यक्ष गिरेन्द्रबहादुर राई, ऐसेलुखर्क गाउँपालिका–३ ऐसेलुखर्कका वडाध्यक्ष टेकेन्द्र राजभण्डारी र ऐसेलुखर्क गाउँपालिका–२ बाकाचोलका वडाध्यक्ष नन्दकुमार तामाङ, महिला सदस्य कमलादेवी तामाङ लगायतले आ’गलागी पिडितलाई राहत प्रदान गरेका हुन् । आग’लागीमा विस्थापित तामाङको ६ जनाको परिवार पाल टाँगेर बसिरहेका छन् । आ’गलागीमा तामाङको चार लाख बराबरको क्षती भएको वडाध्यक्ष तामाङले बताए । 

रघुगङ्गामा थप बजेट विनियोजन
बेनी, १२ पुस (रासस)ःम्याग्दीको रघुगङ्गा गाउँपालिकाले विभिन्न ५१ योजनामा रु एक करोड ८५ लाख बजेट विनियोजन गरेको छ । सोमबार सम्पन्न १४औँ गाउँसभामार्फत पालिकाको नगद मौज्दात रहेको बजेटबाट विभिन्न योजनाका लागि बजेट विनियोजन गरेको गाउँपालिकाका प्रवक्ता मनकुमार शेरपुञ्जाले जानकारी दिनुभयो ।

गाउँसभाले बृहत् घोप्टेखोला र बृहत् चिमखोला पिप्ले भगवती खानेपानी योजनामा उपभोक्ता समितिले योजना सम्झौता गर्दा व्यहोर्नुपर्ने कुल लागतको एक प्रतिशत रकम बराबरको स्रोत गाउँपालिकाले व्यहोर्ने निर्णयसमेत गरेको छ । सङ्घीय सरकारमार्फत योजना सञ्चालनको तयारी गरिएको रघुगङ्गा गाउँपालिको वडा नं २ भगवती, ३ पिप्ले र ७ चिमखोलालाई समेटने बृहत् चिमखोला–पिप्ले भगवती खानेपानी आयोजना र वडा नं ५ झिँ र ६ पाखापानीलाई समेट्ने बृहत् घोप्टेखोला खानेपानी योजना सम्झौताका लागि उपभोक्ताले जुटाउनुपर्ने स्रोतका लागि रु ५० लाख बजेट विनियोजन गरिएको छ ।

त्यसैगरी वडा नं ५ झिँको वडा कार्यालय भवनका लागि थप रु २५ लाख बजेट विनियोजन भएको छ । सभाले प्रदेश र सङ्घीय सरकार विशेष र समपूरक योजनासमेत माग गर्ने निर्णय गरेको छ । प्रदेश समपूरकअन्तर्गत पाखापानी–कोटगाउँ–रायखोर–घ्यासीखर्क सडकलाई रु ५० लाख, सङ्घीय समपूरक कोषअन्तर्गत झिँ वडा कार्यालयलाई थप रु ३० लाख, सङ्घीय समपूरकअन्तर्गत मुक्तिधाम मावि प्राविधिक धारको भवन निर्माण गर्न रु एक करोड ५० लाख बजेट माग गर्ने निर्णयसमेत गरेको छ ।

त्यसैगरी सङ्घीय विशेष अनुदानअन्तर्गत वडा नं १ बेगको भुँइपाइले फुटबल खेलमैदान, वडा नं २ को बैँसेरी–साझापानी लिफ्ट सिँचाइ योजना, वडा नं ४ को शिव आधारभूत विद्यालय पुनःनिर्माण, वडा नं ५ को उच्च उचै खेलमैदान र वडा नं ३ को रघुगङ्गा माविको खेलमैदान निर्माणका लागि बजेट माग गरिएको छ भने प्रदेश विशेष अनुदानमा वडा नं ५ को गौरव आधारभूत विद्यालयको पूर्वाधार निर्माणको योजना माग गर्नुका साथै विभिन्न खोलामा वारपारका लागि झोलुङ्गे पुलसमेत माग गर्ने निर्णय गरिएको छ । सभाले जग्गा वर्गीकरणका लागि स्थानीय जग्गा वर्गीकरण कार्यान्वयन समिति गठन गरी समितिमार्फत नै आवश्यक कार्य अघि बढाउने निर्णय गरेको छ । गाउँसभालाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले चालु आर्थिक वर्षमा निर्वाचनलगायतका कारण योजना कार्यान्वयनमा ढिलाइ भएको बताउँदै योजनालाई निर्धारित समयमै सम्पन्न गराउनका लागि सम्बन्धित वडा र उपभोक्ताले तत्परता देखाउनुपर्नेमा जोड दिनुभयो ।

उहाँले सीमित स्रोत र साधनका बीच गाउँपालिकाले अत्यावश्यक आवश्यकतालाई प्राथमिकतमा राखेर योजना छनोट र बजेट विनियोजन गरेको बताउँदै पालिकाको स्रोत र साधनले नभ्याउने योजनाका लागि प्रदेश र सङ्घीय सरकारमा पहल गरिने बताउनुभयो । कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद ढकालले निर्वाचनपछि पालिकामार्फत सञ्चालन हुने योजना कार्यान्वयनको गति बढेको बताउँदै पालिकामार्फत सम्पादित प्रगतिबारे जानकारी गराउनुभएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।