ताप्लेजुङमा तीन घर ज’लेर न’ष्ट

ताप्लेजुङ, १३ पुस (रासस) : ताप्लेजुङको मेरिङदेन गाँउपालिका–१ थिङ्लाबुमा आगलागीका कारण तीन घर ज’लेर न’ष्ट भएका छन् ।

आज भएको आ’गला’गीका कारण भक्तराज चोङवाङ, बलबहादुर चोङवाङ र वीरध्वज चोङवाङको घर ज’लेर न’ष्ट भएको स्थानीय शिक्षक गणेश एभेङले जानकारी दिनुभयो । भक्तराज र बलबहादुरको तीन तले र वीरध्वजको दुई तले घरसहित घरभित्र रहेका सामान ज’लेर नष्ट हुँदा लाखौँको क्षति भएको स्थानीयले बताए । तीन वटा घर नजिक नजिक रहेकाले एकै समयमा ज’लेर नष्ट भएको जनाइएको छ ।

घटनाको स्थलगत अनुसन्धानका लागि सान्थाक्रा प्रहरीचौकीबाट प्रहरीको टोली खटिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । आ’गलागीको कारण खुलेको छैन । यस्तै क्षतिको यकिन विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

गैँडा संरक्षणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुँदै
– भीष्मराज ओझा
काठमाडौँ, १३ पुस (रासस) : नेपालमा गैँडा संरक्षणको विभिन्न उद्देश्यका साथ अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ । ‘एसिया राईनो रेन्ज कन्ट्रिज मिटिङ’ नाम दिइएको सम्मेलन आगामी माघ २० देखि २२ गते (फेब्रुअरी ३ देखि ५ तारिख) सम्म चितवनमा हुनेछ ।

सम्मेलनमा एसियामा गैँडा पाइने देश नेपाल, भारत भूटान, मलेसिया र इण्डोनेसियाका सम्बन्धित सरकारी प्रतिनिधि, गैँडा संरक्षणमा काम गर्ने साझेदार संस्थाहरू, सरोकारवाला विशेषज्ञ समूहलगायतको सहभागिता रहनेछ । यस्तो सम्मेलन यसअघि पहिलो पटक इण्डोनेसियमा र त्यसपछि भारतमा भइसकेको छ ।

गैँडा संरक्षणमा देखिएका समस्याहरू, गैँडाको बासस्थानको क्षयीकरण, खण्डीकरण र विनाश, चोरी शिकार र अङ्गको अवैध व्यापार, जलवायुजन्य जोखिमको समाधान, गैँडाको जलवायु अनुकूलन गर्ने क्षमतालगायत विषयमा सम्मेलनमा छलफल हुने राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ ।

यस बाहेक गैँडा र मानवबीचको द्वन्द्व समाधान, स्थानीय समुदाय र निजी क्षेत्रलाई गैँडालाई आर्थिक उपार्जनको माध्यम पर्यापर्यटनबाट कसरी जिविकोपार्जनमा टेवा पुर्याउन सकिन्छ भन्ने सम्बन्धमा असल अभ्यासको आदानप्रदान गरिने विभागका महानिर्देशक डा महेश्वर ढकालले जानकारी दिनुभयो ।

सम्मेलनमा गैँडा संरक्षणका लागि प्रविधिको प्रवद्र्धन, गैँडाको बासस्थानलाई सुरक्षित गर्ने, द्वन्द्व व्यवस्थापन गर्ने, जलवायु उत्थानशीलता बढाउने विषय र जनचेतना बढाई स्थानीय र राष्ट्रिय समृद्धिमा टेवा पुर्याउने उद्देश्य राखिएको छ । यसले अन्तर्राष्ट्रियस्तरमा नेपालको जैविक विविधताको पहिचानलाई अझ उच्च र चम्किलो बनाउने उदेश्य रहेको डा ढकालले बताउनुभयो ।

सम्मेलनको उद्घाटन वन तथा वातावरण मन्त्रीबाट उद्घाटन गर्ने गरी तयारी गरिएको छ । उद्घाटनपछि प्राविधिक सत्रमा सम्बन्धित देशका गैँडाको अवस्थासम्बन्धी कार्यपत्र प्रस्तुत गरिनेछन् । केही विज्ञले कार्यपत्र प्रस्तुत गर्ने र त्यसपछि अहिलेसम्मको समीक्षा गरी आगामी दिनमा गर्नुपर्ने रणनीतिका बारेमा छलफल गरिने विभागका इकोलोजिष्ट डा गणेश पन्तले जानकारी दिनुभयो ।

त्यसपछि सम्मेलनमा चितवन घोषणापत्र सार्वजनिक गरिनेछ । सम्मेलन गैँडा संरक्षणको वर्तमान अवस्था, चुनौती र भावी व्यवस्थापन गर्नेलगायतका विषयमा केन्द्रित हुनेछ भने सम्बन्धित देशका सरकारी प्रतिनिधि र विज्ञसहित १०० भन्दा बढीको सहभागिता रहने डा पन्तले बताउनुभयो ।

नेपालमा गैँडाको अवस्था

संसारमा हात्तीपछिको सबैभन्दा ठूलो स्थलचर जीव गैँडा हो । हाल संसारमा रहेका गैँडाका पाँच प्रजातिमध्ये ठूलो एकसिङ्गे गैँडा नेपाल, भारत र भूटानमा पाइन्छ । संसारमा एकसिङ्गे गैँडाको सबैभन्दा धेरै सङ्ख्या भारतमा रहेको छ भने दोस्रो ठूलो सङ्ख्या नेपालमा रहेको छ ।

कुनै समय नेपालको सबै तराईका क्षेत्रमा विचरण गर्ने एकसिङ्गे गैँडा हाल चितवन, पर्सा, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज तथा तिनीहरूको आसपासका वन क्षेत्रमा रहेका छन् । गैँडा विश्वबाट लोप हुने अवस्थमा पुगेको दुर्लभ वन्यजन्तु हो ।

नेपालमा प्रत्येक तीनदेखि पाँच वर्षको अन्तरालमा गैँडा गणना हुने गर्दछ । नेपालमा गैँडा गणना सन् १९८६ देखि हुन थालेता पनि नेपाली प्राविधिकहरूले आफैँ गणना गर्न थालेको सन् १९९४ देखि हो ।

यसअघि सन् २०००, २००५, सन् २००८, सन् २०११ र सन् १०१५ मा गैँडा गणना गरिएको थियो । सन् २००० मा गरिएको गणनामा नेपालमा छ सय १२, सन् २००८ मा चार सय ३५, सन् २०११ मा पाँच सय ३४ र सन् २०१५ मा छ सय ४५ वटा गैँडा पाइएको थियो । नेपालमा पछिल्लो समय गैँडा गणना २०७७ साल चैत ९ देखि २८ गते सम्पन्न भएको थियो ।

राष्ट्रिय गैँडा गणना २०७७ मा सङ्कलन भएका विवरणको विश्लेषणबाट नेपालमा प्राकृतिक बासस्थानमा सात सय ५२ एक सिङ्गे गैडा रहेको यकिन गरिएको छ । त्यसमध्ये वयस्क भालेको सङ्ख्या एक सय ४६ र पोथीको सङ्ख्या एक सय ९८ छ भने लिङ्ग पहिचान नभएको सङ्ख्या चार सय आठ छ । त्यस्तै वयस्क गैँडा पाँच सय २०, अर्ध वयस्क ९६ र बच्चा एक सय ३६ छन् ।

नेपालमा हाल सबैभन्दा बढी चितवन राष्ट्रिय निकुञ्जमा छ सय ९४, बर्दिया राष्ट्रिय निकुञ्जमा ३८, शुक्लाफँटा राष्ट्रिय निकुञ्जमा १७ र पर्सा राष्ट्रिय निकुञ्जमा तीन गैँडा रहेका छन् ।

सन् १९५० सम्म नेपालमा आठ सय गैँडा रहेको अनुमान गरिन्छ । तर १९६० को दशकमा घटेर करिब एक सय हाराहारीमा पुगेको थियो । सरकारले संरक्षणका लागि गरेको विभिन्न पहलसँगै गैँडाको सङ्ख्या क्रमशः बढ्दै गएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।