पूर्वाधार निर्माणमा भइरहेको ढिलासुस्ती अन्त्य गर्न एमाले खोटाङको माग

खोटाङ, १६ माघ ।  नेकपा एमाले खोटाङले सडक तथा पुल निर्माणमा भइरहेको ढिलासुस्ती अन्त्याको माग गरेको छ । बराहपोखरीमा सम्पन्न जिल्ला कमिटिको बैठकले जिल्लाका ठूला र महत्व राख्ने सडक तथा पुल निर्माणमा भएको ढिलासुस्तीको विरोध गर्दै यथाशीघ्र निर्माणको माग गर्ने निर्णय गरेको हो ।

एमालेले गाईघाट–दिक्तेल सडक, मध्यपहाडी लोकमार्ग, दिक्तेल–आहाले–रेग्मीटार सडक, दिक्तेल–खोटाङबजार सडक, साप्सु खोला–पान्धारे सडक, हुर्लुङ–जालपा–ऐसेलुखर्क सडक, धाप्लाङघाट, बंशिलाघाट, मुलघाट, घोपाटार, लिदिङ खोला, सिलौरीघाट, कसावा खोला पुल लगायतका संरचना चाँडोभन्दा चाँडो निर्माणको माग गरेको हो । जिल्लाका विकास निर्माणमा भएको ढिलासुस्ती, अनियमितता तथा भ्रष्टाचार विरुद्ध योजनावद्ध आन्दोलनमा उत्रने निर्णय गरिएको एमाले खोटाङका अध्यक्ष रामप्रसाद दंगालले बताए । 

यस्तै, नेपाल सरकारले सय गन्तव्यस्थलको सूचीमा समावेश गरेको पर्यटकीय स्थल बराहपोखरीको समृद्धिका लागि नेतृत्व गर्न प्रतिवद्धता जाहेर गरिएको एमालेले जनाएको छ । सुन्दर पर्यटकीय बराह ताललाई आकर्षक पर्यटकीय गन्तत्वको रुपमा विकास गर्न पार्टीकातर्फबाट पहल गर्ने एमालेले निर्णय गरेको हो ।

बैठकले खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चेको कालापानीमा सञ्चालित लिफ्टिङ खानेपानी योजना बन्द भएकाले उक्त लिफ्टिङ खानेपानी सुचारु गर्न पहल गर्ने प्रतिवद्धता जनाएको छ । एमालेले गत मंसिर ४ गते सम्पन्न निर्वाचनमा प्रदेश (क)मा निर्वाचित पिके राईलाई बधाई ज्ञापन गरेको छ । 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।