राष्ट्रिय सहमतिमा राष्ट्रपति चयन हुन्छः रामकुमार राई पासाङ

खोटाङ, ४ फागुन । प्रतिनिधिसभा सदस्य रामकुमार राई पासाङले राष्ट्रिय सहमतिमा राष्ट्रपति निर्वाचित हुने बताएका छन् ।

प्रेस सेन्टर खोटाङले दिक्तेलमा बिहिबार आयोजना गरेको पत्रकार सम्मेलनमा प्रतिनिधिसभा सदस्य राईले सबै दलहरु एक ठाउँमा आउनेगरी राष्ट्रिय सहमतिमा राष्ट्रपति निर्वाचित हुने दाबी गरेका हुन् ।

‘देशमा एकदमै राजनीतिक तरलता आइरहेकोछ, के हुन्छ ? कसले के गर्छ ? भन्ने एकातिर छ भने अर्कातिर अलिकति बाह्य हस्तक्षेप भइरहेको अवस्थामा छ,’ राईले भने, ‘देश राजनीतिक संकटमा छ । आर्थिक संकटमा छ । यो हल गर्नको लागि राष्ट्रिय सहमतिको राष्ट्रपति हुन जरुरी छ । सबै दलहरु एक ठाउँमा आए भने कम्तीमा देशलाई अगाडि बढाउन सकिन्छ ।’ 

देशलाई आर्थिक, राजनीतिक, राष्ट्रियता र स्वाधिनताको हिसावले अगाडि बढाउनका लागि राष्ट्रिय सहमतीको दृष्टिकोण आएको उनले उल्लेख गरे । उनले अहिले मुलुकका लागि सबै दलहरु मिलेर जानुपर्ने आवश्यकता आएको औंल्याएका हुन् ।

‘हिजो भएको सहमति कार्यान्वयन गर्ने भन्ने कुराहरु पनि छन् । तर, जे भए पनि सहमतिमै हुन्छ । अहिले आवश्यकता मुलुकलाई सबै दलहरु मिलेरै जानुपर्नेछ,’ उनले भने, ‘भएका परिवर्तन र क्रान्तिलाई अन्त्या गर्नका लागि एक खालका वा विभिन्न खालका मान्छे लागिरहेका छन् । बाह्य शक्ति वा आन्तरिक शक्ति पनि लागिराख्याछ । यसका लागि राष्ट्रिय सहमतीमा राष्ट्रपति बनाइनुपर्छ भनिएको हो ।’ 

प्रतिनिधिसभा सदस्य राईले खोटाङको विकास निर्माणसम्बन्धी अधुरो कामलाई पूर्णता दिइने बताएका छन् । 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।