भोजपुरका राई सहित ५ जना यस कारण परे पक्राउ

बिराटनगर, फाल्गुन ९ ।झापा र मोरङको छुट्टा छुट्टै स्थानबाट प्र’तिबन्धित ला’गुऔषध सहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।

हिजो झापाको भद्रपुर नगरपालिका-५ स्थितमा अस्थायी प्रहरी बिट मेचीपुलबाट खटिएको प्रहरी टोलीले चेक जाँचको क्रममा मे.६प ६२ नम्वरको मोटरसाईकलमा भारतबाट नेपाल तर्फ आउदै गरेका बिर्तामोड-५ का २९ बर्षीय सुरज कुंवर र ३४ बर्षीय सुरेश श्रेष्ठलाई ४ ग्राम २२ मिलिग्राम ब्रा’उन सुगर सहित पक्राउ गरेको हो भने इलाका प्रहरी कार्यालय दमकको प्रहरी टोलीले कमल गाउँपालिका-४ का ३५ बर्षीय पुर्ण बिक्रम लिम्वुलाई १ ग्राम ब्रा’उन सुगर सहित नियन्त्रणमा लिएको हो ।

यसै गरी ला’गु औ’षध ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले बिराटनगर १५ र १६ स्थितमा भारतबाट नेपाल तर्फ आउदै गरेका को.३१ प ६६५३ नम्बरको मोटरसाईकलमा सवार ट्याम्केमयुम-२ भोजपुरका ३४ बर्षीय प्रबिन राईको साथबाट ०.२२ ग्राम ब्राउन सुगर र प्रदेश १-०४-००१ प ८६५१ नम्बरको मोटरसाईकलमा सवार धरान -५ का २९ बर्षीय उज्वल हल्वाईको साथबाट १.७२ ग्राम ब्रा’उन सुगर सहित नियन्त्रणमा लिएको हो ।

प्रतिबन्धित ला’गुऔ’षध ब्रा’उन सुगर सहित पक्राउ परेका उनिहरुको सम्वन्धित प्रहरी कार्यालयबाट थप अनुसन्धान भईरहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।