जलवायु अनुकूलित गाउँ बन्दै इलामको पाटापुर

मङ्गलबारे, ११ फागुन (रासस) : इलामको दक्षिणी क्षेत्र रोङ गाउँपालिका–६ को पाटापुर गाउँलाई जलवायु अनुकूलित नमूना गाउँ घोषणा गर्ने अन्तिम तयारी गरिएको छ । भारतसँगको सीमावर्ती मेची किनारमा रहेको चुरे क्षेत्र पाटापुर क्षेत्रलाई जलवायु अनुकूल गाउँ घोषणाको तयारी गरिएको हो ।

गाउँपालकिला र नामसालिङ सामुदायिक विकास केन्द्रले सो क्षेत्रलाई स्थानीय हावापानी सुहाउँदो बीउबाली, खेती प्रणाली प्रवद्र्धन, अन्य तालिम तथा सचेतना कार्यक्रम सञ्चालन गरेको छ । यस्तै सोलार लिफ्टिङ प्रविधिको सिँचाइ आयोजना निर्माण गरिएको छ ।

चुरे क्षेत्रको पाटापुरमा सिँचाइको लागि नामसालिङ सामुदायिक विकास केन्द्रमार्फत सोलार लिफ्टिङ प्रविधिको सिँचाइ आयोजना उद्घाटन गरिएको छ । गाउँपालिका र स्थानीय सरकारको पहलमा क्यानेडियन कोषको लागत साझेदारीमा कार्यक्रम सञ्चालन भएको हो । आयोजनाको संयुक्तरुपमा कोषका काउन्सिलर कोलीन र गाउँपालिका अध्यक्ष सुवास स्याङ्बोले बुधबार उद्घाटन गर्नुभयो ।

नामसालिङ सामुदायिक विकास केन्द्रका हीराकाजी घलेका अनुसार गाउँमा रहेको सुक्खा जमिनमा सिँचाइ सुविधा उपलब्ध गराई यहाँ जलवायु अनुकूल बाली विस्तार गर्न ६० घर परिवारलाई सहयोग पुगेको छ । पाटापुरमा बाँदर हात्ती र बाघजस्ता वन्यजन्तुले हानिनोक्सानी नगर्ने बाली विकासका लागि बीउ वितरण गरिएको छ ।

यहाँका खेतबारीमा प्रयोग गर्न मिनी पावर टिलर, कुटानीपिसानी मिल र अन्य मेसिन वितरण गरिएको छ । गाउँमा छवटा लघुउद्यम सञ्चालन सुरु भएको गाउँपालिका अध्यक्ष सुवास स्याङबाले बताउनुभयो । प्राङ्गारिक खेती प्रवद्र्धनका लागि २० घरधुरीमा स्थानीय स्रोत र साधन प्रयोग गरी गोठ तथा खोर सुधारमा सहयोग गरिएको छ । बेमौसमी तरकारी खेती प्रवद्र्धनका लागि गाउँवासीलाई प्लाष्टिक टनेल वितरण गरिएको छ । कार्यक्रमले हावापानी सुहाउँदो खेतीप्रणाली सुरुआतका साथै कृषिमा प्रविधिको विकास भएको छ । पाटापुरमा जलवायु अनुकूलन गाउँ योजना तर्जुमा सम्पन्न भएको संस्थाले जनाएको छ ।

कार्यक्रमका संयोजक शान्तिराम घिमिरेले नवीकरणीय ऊर्जामा आधारीत संस्थागत सुधारिएको चुलो निर्माण गरिएको जानकारी दिनुभयो । तीन वटा संस्थागत चुलो निर्माण गरिएको छ । कार्यक्रम गत वर्ष सञ्चालन भएकोमा यही महिनामा सम्पन्न हुने बताइएको छ । —

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।