ताप्लेजुङमा सोमबारदेखि बज्रगुरु मन्त्र जप हुने

ताप्लेजुङ, १३ फागुन (रासस) :सोमबारदेखि यहाँ तीनदिने बज्रगुरु मन्त्र जप कार्यक्रम सञ्चालन गरिने भएको छ । विश्व शान्ति तथा समस्त प्राणीहरूको हितका लागि चौथो बज्रगुरु मन्त्र जप कार्यक्रम आयोजना गरिएको हो ।

मानिसलाई आध्यात्मिक अभ्यासका माध्यमबाट आन्तरिक शक्तिसँग जोड्ने र सामाजिक सम्बन्धलाई थप बलियो बनाउनेसमेत उद्देश्यले बज्रगुरु मन्त्र जप कार्यक्रम सञ्चालन गर्न लागिएको आयोजक समितिले आज पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ । लगातार तीन दिनसम्म हुने उक्त कार्यक्रममा आर्य अवलोकितेश्वरको अभिषेकका साथै गुरु पद्मसम्भव, आर्य अवलोकितेश्वर र आर्य तारा मन्त्रको आगम प्रदान गरिने आयोजकले जनाएको छ ।

उक्त कार्यक्रममा लामा जोपा रिन्पोछे आउनुहुने भएको छ । उहाँ आइतबार दिउँसो हेलिकोप्टरमार्फत आउनुहुने र समापनको दिनसम्म रहने सञ्चालक समितिका अध्यक्ष खेन्पो थुप्तेन जिग्डोल लामाले जानकारी दिनुभयो ।

यस कार्यक्रममा छिमेकी जिल्ला पाँचथर, इलाम, झापा, तेह्रथुम, सङ्खुवासभासहितका गरी करिब ३० हजार भक्तजन उपस्थित हुने अनुमान गरिएको छ । ताप्लेजुङमा यसअघि समेत तीन बज्रगुरु मन्त्र जप आयोजना गरिसकिएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।