राष्ट्रपति रनिङ शिल्ड इलाम नगरपालिकालाई

मङ्गलबारे, २६ फागुन (रासस) :इलामको फाकफोकथुममा सम्पन्न १३औँ राष्ट्रपति रनिङ शिल्ड इलाम नगरपालिकाले जितेको छ । बिहीबार सम्पन्न फाकफोकथुम गाउँपालिका–३ आमचोकस्थित सिंहदेवी माविको खेलमैदानमा सम्पन्न उक्त प्रतियोगितामा इलामले २४ स्वर्ण, सात रजत र १० कास्य प्राप्त ग¥यो ।

दोस्रो स्थान थुलाथुली गाउँपालिकाले हासिल गरेको छ । सो गाउँपालिकाले नौ स्वर्ण, आठ रजत र पाँच कास्य प्राप्त ग¥यो । छ स्वर्ण, छ रजत र १० कास्य पदकसहित सूर्योदय नगरपालिका तेस्रो भयो । पाँच स्वर्ण, सात रजत र चार कास्यसहित फाकफोकथुम गाउँपालिकाले चौथो स्थान हासिल गरेको जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख नारायण भट्टराईले जानकारी दिनुभयो ।

यस्तै तीन स्वर्ण, एक रजत र पाँच कास्यसहित देउमाई नगरपालिका पाँचौँ, दुई स्वर्ण, पाँच रजत र पाँच कास्यसहित रोङ गाउँपालिका छैटाँै, दुई स्वर्ण, दुई रजत र दुई कास्यसहित माइजोगमाई गाउँपालिका सातौँ, एक स्वर्ण, पाँच रजत र आठ कास्यसहित माई नगरपालिका आठाँै, तीन रजत र दुई कास्यसहित माङसेबुङ गाउँपालिका नवौँ तथा दुई रजत प्राप्त गरेको सन्दकपुरले १०औँ स्थान हासिल गरेको छ ।

सहभागीलाई फाकफोथमुका अध्यक्ष दीपेन्द्र खनालले शिल्ड, मेडल र पुरस्कार प्रदान गर्नुभयो । चौधौँ प्रतियोगिता माङसेबुङ गाउँपालिकामा आयोजना गरिने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष खगेन्द्र बाँस्तोलाले जानकारी दिनुभयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।