साल्पासिलिछोमा पञ्चवर्षे योजना निर्माण

भोजपुर, ४ चैत (रासस) : यहाँको साल्पासिलिछो गाउँपालिकाले सञ्चालन गर्ने योजना तथा कार्यक्रमलाई प्रभावकारी बनाउने उद्देश्यले पञ्चवर्षे योजना निर्माण गर्ने भएको छ । पालिकाले सञ्चालन गर्ने कार्यक्रमलाई सफल बनाउनका साथै विकासमा साझा धारणा बनाउनका लागि पञ्चवर्षे योजना निर्माण गर्न लागिएको हो ।

स्थानीय बुद्धिजीवी, समाजसेवी तथा विभिन्न क्षेत्रका विज्ञबाट आएका सल्लाह सुझाव तथा परामर्शका आधारमा आवधिक पञ्चवर्षे योजना निर्माण थालिएको गाउँपालिका अध्यक्ष दौलथ कुलुङले जानकारी दिनुभयो । पालिकाका सबै क्षेत्रका विज्ञ तथा स्थानीय नागरिकसँग छलफल गरी योजना निर्माण गर्न लागिएको उहाँले बताउनुभयो ।

“पालिकाले उपलब्ध गराउने सेवालाई प्रभावकारी एवं जनमुखी बनाउन दीर्घकालीन योजना आवश्यक छ”, अध्यक्ष कुलुङले भन्नुभयो, “यहाँको विकासमा सबैको साझा धारणा निर्माण गर्दै अबको पाँच वर्षमा पालिकालाई कस्तो बनाउने भन्ने खाका तयार गरेर काममा जुट्ने योजनामा छौँ ।” भौगोलिक रूपमा विकट मानिएको साल्पासिलिछो प्राकृतिक स्रोतको उपलब्धता राम्रो भए पनि सदुपयोग हुन नसकेको उहाँको भनाइ छ । यहाँको सडक, विद्युत्, स्वास्थ्य, शिक्षा, कृषि, पर्यटनलगायत क्षेत्रको विकासलाई कसरी अघि बढाउने भन्ने विषयमा भावी योजना तयार गर्ने अध्यक्ष कुलुङले बताउनुभयो ।

पञ्चवर्षे आवधिक योजना निर्माण गर्न अहिले यहाँका छ वडामा प्रारम्भिक सुझाव तथा तथ्याङ्क सङ्कलन भइरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत माधवकुमार अधिकारीले बताउनुभयो । सबै वडाबाट आएका सुझावका आधारमा पालिकाले योजनाको प्राथमिकीकरण गर्ने उहाँले बताउनुभयो ।

“हामी गाउँपालिकाको कामलाई गुणात्मक र परिणाममुखी बनाउन जुटेका छौँ”, प्रशासकीय अधिकृत अधिकारीले भन्नुभयो, “भावी योजनालाई कसरी सञ्चालन गर्दा स्थानीयको आवश्यकता र अपेक्षा पूरा गर्न सकिन्छ भन्नका लागि सुझाव लिने काम भइरहेको छ । यसले आगामी दिनको बजेट निर्माणमा समेत टेवा पुग्छ ।” उहाँले वर्षा लागेपछि सदरमुकामसम्म यातायात सेवा बन्द हुने भएकाले आगामी वैशाखसम्ममा योजना सम्पन्न गराउने लक्ष्यसहित काम भइरहेको जानकारी दिनुभयो ।

बाह्रै महिना सडक सञ्चालनका लागि काम भइरहेको गाउँपालिकाले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।