दिङ्ला प्रशासन कार्यालय प्रमुख विहीन

भोजपुर, १५ चैत (रासस): भोजपुरको दिङ्लास्थित इलाका प्रशासन कार्यालय प्रमुखविहीन बन्दा सेवा प्रवाहमा समस्या भएको छ । मुख्यरूपमा षडानन्द नगरपालिका र साल्पासिलिछो गाउँपालिकाका नागरिकलाई सेवा दिने उद्देश्यले स्थापना भएको उक्त कार्यालय दुई महिनदेखि प्रमुखविहीन बनेपछि स्थानीयलाई सास्ती भएको छ ।

जिल्ला सदरमुकामसम्म आउन धेरै समय लाग्ने भएपछि यस भेगमा स्थानीयले नागरिकता, राहदानीलगायत सेवा यही कार्यालयबाट लिँदै आएका थिए । प्रमुख नहुँदा स्थानीय तीन दिनसम्म लगाएर नागरिकता लिनका लागि सदरमुकाम आउन बाध्य छन् । प्रमुख नहुँदा कर्मचारीले तलबसम्म पाउन सकेका छैनन् ।

माघ पहिलो साता शाखा प्रमुख विकेन पौडेल सरुवा भएर गएसँगै कार्यालयको काम ठप्प बनेको हो । सेवा ठप्प भएपछि स्थानीयलाई सास्ती भएको साल्पासिलिछो गाउँपालिका–६ थुम्लुङका विवेक राईले बताउनुभयो । नागरिकता लिन सदरमुकाम जाँदा समय र पैसा धेरै खर्च हुने उहाँको भनाइ छ ।

“इलाका प्रशासन कार्यालयबाट सेवा प्रवाह नहुँदा हामीलाई सास्ती छ”, उहाँले भन्नुभयो, “दुर्गम भेग भएकाले यहाँबाट सदरमुकाम पुगेर फर्कन चार दिनसम्म लाग्छ । एउटा नागरिकता लिन जाँदा कम्तीमा एक जना बराबार रु १५ हजार बढी खर्च हुन्छ । चाँडो सेवा सुरु भए हामीलाई राहत हुने थियो ।”

जिल्लाकै दुर्गम क्षेत्रको रूपमा लिइने साल्पासिलिछो गाउँपालिकाका अधिकांश भेगमा सडक पुगेको छैन । इलाका प्रशासनमा प्रमुख नहँुदा दुई महिनादेखि तलबसमेत नपाएको कार्यालयका लेखापाल राजेश दाहालले बताउनुभयो । यहाँ आठ जनाको दरबन्दी छ । अहिले चार जनाको भरमा कार्यालय सञ्चालनमा छ । इलाका प्रमुख नहँुदा नागरिकलाई सास्ती भएको षडानन्द नगरपालिकाका प्रमुख सुरेन्द्र उदासले बताउनुभयो । यो समस्याका बारेमा सम्बन्धित निकायसँग पहलकदमी गरिरहेको उहाँको भनाइ छ । “कार्यालय प्रमुखविहीन बन्दा स्थानीयलाई समस्या छ”, प्रमुख उदासले भन्नुभयो, “नागरिकता लिन स्थानीयलाई धेरै समस्या छ । यहाँको समस्या समाधानका लागि नगरले सरोकारवाला पक्षसँग पहल गरिरहेको छ ।”
–––

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।